onlinekhelkhabar.com

Complete website for Nepali Sports News

धुर्मुस सुन्तली फाउन्डेशन र भरतपुर महानगरले सहकार्य गरेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

साउन ८ , अनलाईन खेलखबर || धुर्मुस सुन्तली फाउन्डेशन ले अगाडि सारेको बहुचर्चित अन्तर्राष्ट्रिय स्तरको क्रीकेट रंगशाला बनाउने परियोजना अन्ततः भरतपुर महानगरपालिका र धुर्मुस सुन्तलि फाउण्डेशन को सहकार्य मार्फत चितवन मा निर्माण हुने भएको छ । 

काठमाडौ , पोखरा का विभिन्न ठाउँमा निर्माण का लागि जग्गा हेरेपनि प्राविधिक कारणले नमिल्ने भएपछि चितवनको भरतपुरमा रंगशाला निर्माणका विषयमा छलफल सकारात्मक बनेको छ ।

भरतपुर महानगरपालिका कि प्रमुख मेयर रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि ईन्छा जाहेर गरेपछी अहिले निर्माण को प्रक्रिया को गृह्कार्य अगाडि बढेको हो ।

भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहाल का अनुसार कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन्। विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको हो । 

नेपाली क्रीकेट ले केही महिना अघि अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाए सगैँ धुर्मुस सुन्तली फाउन्डेशनले नेपाल मा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । जसलाई गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामकरण समेत गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *