onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वार्नर र बेयरस्टो चम्कँदा हैदराबादद्वारा पन्जावसामू विशाल लक्ष्य प्रस्तुत

एजेन्सी । ओपनरद्वय डेविट वार्नर र जोनी बेयरस्टोले सानदार ब्याटिङ गरेपछि सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो छ्ठौं खेलमा किंग्स इलाभेन पन्जावसामू विशाल योगफल खडा गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २ सय १ रन बनाएको छ ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनरद्वय डेविट वार्नर र जोनी बेयरस्टोले सानदार ब्याटिङ गरे ।

यी दुईबीच १ सय ६० रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । १५.१ ओभरमा बल्ल हैदराबादले पहिलो विकेटका रुपमा टिमका कप्तान समेत रहेका वार्नर लाई गुमाएको थियो ।

रवि बिश्नोई बलमा ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट हुनुअधि उनले ४० बलको सामना गर्दै ५ चौका र १ छ्क्कामार्फत ५२ रनको योगदान गरे ।
यस्तै अर्का ओपनर भने अभागी सावित हुन् पुगे। आईपीएल करियरमै दोस्रो शतक नजिक पुगे पनि उनि मात्र ३ रन टाढा रहे ।

ब्यक्तिगत रुपमा शतक पूरा गर्न असमर्थ रहेपनि उनले टिमका लागि भने सानदार योगदान गरे । १५.४ ओभरमा टिमको स्कोर १ सय ६० रननै हुँदा रवि बिश्नोईको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका उनले ५५ बलको सामना गर्दै ७ चौका र ६ छ्क्कासहित ९७ रन बनाए ।

त्यसपछि हैदराबादका लागि केन विलियमसनले २० तथा अभिषेक शर्माले अविजित रहदै १२ रन थपेका थिए ।

बलिङतर्फ पन्जावका लागि रवि बिश्नोईले ३ तथा अर्शदीप सिंहले २ मोहम्मद शामीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्