हैदराबादले टस जित्यो : रोज्यो ब्याटिङ
एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा अहिले किंग्स इलाभेन पन्जावको सामना गर्दैछ ।
यसबीचमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा टस जितेर हैदराबादले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।
जारी प्रतियोगितामा ५ खेल खेलिसकेको हैदराबादले २ मा जित र ३ खेलमा हार ब्यहोर्दै ४ अंकका साथ छ्ठौं स्थानमा रहेको छ । भने ५ खेलनै खेलेको पन्जाव २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।
अंकतालिकाको पुछारमा रहेको भएपनि पन्जावले सुरुवात भने राम्रो गरेको थियो । पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको पन्जावले दोस्रो खेलमा रोयल्स च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो ।
त्यसपछि भने पन्जावले लगातार तीन खेल गुमाएको छ । जसमध्य राजस्थान रोयल्ससँग ४ विकेट , मुम्बई इन्डियन्ससँग ४८ रन र चेन्नईसँग १० विकेटले पराजित भएको थियो ।
यता हैदराबादले भने प्रतियोगिताका सुरुवाती दुई खेल गुमाउने क्रममा बेंगलोरसँग १० रनले र कोलकतासँग ७ विकेटले पराजित भएको थियो ।
तेस्रो खेलमा भने हैदराबादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो ।
चौथो खेलमा पनि हैदराबाद विजयी भएको थियो । हैदराबादले चेन्नईलाई ७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा भने हैदराबाद मुम्बईसँग ३४ रनले पराजित भएको थियो ।
यसरी नियाल्दा केही हदसम्म पन्जावविरुद्ध हैदराबाद हाबी हुने देखिएपनि यी दुईको टिमलाई हेर्दा खेल प्रतिष्पर्दात्मक हुने उत्तिकै सम्भावना रहेको छ ।