टिमको विश्वासलाई न्याय गरेका राहुल त्रिपाठीलाई ४ लाख प्राप्त

टिमको विश्वासलाई न्याय गरेका राहुल त्रिपाठीलाई ४ लाख प्राप्त

एजेन्सी । कोलकता नाइट राइडर्सका दायाँ हाते ब्याट्सम्यान राहुल त्रिपाठीले चेन्नई सुपर किंग्समाथिको जितमा सानदार ब्याटिङ गरेसँगै उनले अवार्डस्वरुप ४ लाख भारतीय रुपिए प्राप्त गरेका छन् ।

४ लाख प्राप्त गर्ने क्रममा उनले प्लेयर अफ द म्याच, पावर प्लेयर अफ द म्याच, गेम चेन्जर अफ द म्याच र लेट्स क्यार्क इट्स सिक्सेज घोषित भएका थिए । यी सबैको राशी १ लाख भारतीय रुपिए हुने गर्छ ।

यस्तै उक्त खेलको सुपर स्टाइकर अफ द म्याच चेन्नईका फाफ डु प्लेसिस घोषित हुन् पुगेका थिए ।

बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि कोलकताले १० रनले जित हासिल गर्दा राहुलको ब्याटिङले ठूलो भूमिका निर्वाह गरेको थियो ।
कोलकताबाट मध्य क्रममा ब्याटिङ गर्दै आएका राहुललाई कोलकताले आफ्नो पाँचौ खेल चेन्नईविरुद्ध ओपनिङमा पठाएको थियो ।

त्यसअघि वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायण ओपनिङमा जाने गर्थे । तर यहाँ टिमले राहुललाई ओपनिङको जिम्मा दिएको थियो र उनि टिमको विश्वास प्रति पनि खरो उत्रिए ।

शुबमन गिलसँग ओपनिङ जोडीका रुपमा प्रवेश गरेका उनले सबैको मन जित्ने खालको ब्याटिङ गरे । जसअन्तर्गत ब्राबोको बलमा शेन वाटसनको हातबाट क्याच आउट हुनुअघि ५१ बलको सामना गर्दै ८ चौका र ३ छ्क्कासहित ८१ रन बनाएका थिए । जुन उनको पारी टिमलाई प्रतियोगितामा तेस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।

यता योसँगै जारी प्रतियोगिता मात्र २ खेल खेलेका राहुलले १ सय १७ रन बनाईसकेका छन् ।

यता अब प्रतियोगितामा आज बिहिबार सनराइजर्स हैदराबादले किंग्स इलाभेन पन्जावको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।