onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेन्नईमाथि कोलकताको जित

एजेन्सी । कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो पाँचौ खेलमा चेन्नई सुपर किंग्समाथि जित हासिल गरेको छ ।

बुधबार राति भएको प्रतियोगिताको २१ औं खेलमा कोलकताले जित हासिल गर्ने क्रममा चेन्नईलाई १० रनले पराजित गरेको छ ।

खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ६८ रनको विजयी चुनौतीलाई पछ्याएको चेन्नईले २० ओभर पूरै खेलेपनि ५ विकेट गुमाएर १ सय ५७ रनमा सिमित भएपछि खेल कोलकताले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

ठूलो लक्ष्य पछ्याएको भएपनि चेन्नईको सुरुवात पनि मध्यम हुन् पुगेको थियो । ३.४ ओभरमा टिमको स्कोर ३० रन हुँदा ओपनर फाफ डु प्लेसिसलाई १७ रनमा गुमाएको चेन्नईले दोस्रो विकेटका लागि भने ६९ रनको साझेदारी पाएको थियो ।

शेन वाटसनलाई साथ दिन आएका अंबाती रायुडूले राम्रो साथ दिदा यि बीच उक्त साझेदारी सम्भव भएको हो ।तर १२.१ ओभरमा टिमको स्कोर ९९ रन हुँदा अंबाती रायुडू ३० रन बनाएको अवस्थामा आउट हुन् पुगे भने राम्रो ब्याटिङ गरिरहेका वाट सन पनि अर्धशतक बनाएर आउट हुन् पुगे ।

तेस्रो विकेटका रुपमा सुनिल नारायणको बलमा एलबिड्ब्लुको सिकार हुनुअघि उनले ४० बलको सामना गर्दै ६ चौका र १ छ्क्कासहित ५० रन बनाए । यस्तै टिमका लागि कप्तान महेन्द्र सिंह धोनीले ११ रन तथा साम कुरानले १७ रन बनाए भने अबिजित रहेका रविन्द्र जडेजा र केदार जाधवले क्रमशः २१ र ७ रन बनाए ।

बलिङतर्फ कोलकताका लागि कमलेश नागरकोटी, शिवम मावी, वरुण चक्रवर्ती , सुनिल नारायण र आन्द्रे रसेलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस जितेर सुरुमा कोलकताले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जस अनुसार कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै आफ्नो सबै विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।

टिमले यो योगफल खडा गर्ने क्रममा उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ठूलो योगदान गरे । यसअघि नियमीत रुपमा ओपनिङ गर्दै आएका सुनिल नारायणको ठाउँमा उनलाई टिमले मौका दिएको थियो ।

जसमा उनले टिमको विश्वासमाथि खरो उत्रिन सफल पनि भए । यसअघि मध्य क्रममा ब्याटिङ गर्ने गरेका उनले यस खेलमा ५१ बलको सामना गर्दै ८ चौका र ३ छक्कासहित ८१ रन बनाएका थिए ।

त्यसअघि टिमले ४.२ ओभरमा टिमको स्कोर ३७ रन हुँदा ओपनर शुभमन गिललाई ११ रनमा गुमाएको थियो । मात्र १२ बलको सामना गरेका उनले १ चौकासहित ११ रन जोडे ।

उनि आउट भएपछि एकतर्फ राहुल त्रिपाठीले इनिङलाई सम्हाली रहे । भने अर्कोतर्फबाट कोलकताले राम्रो साथ पाएन । त्यसैको फलस्वरुप कोलकताले ८.१ ओभरमा टिमको स्कोर ७० रन हुँदा नितिश रानालाई तेस्रो विकेटका रुपमा गुमायो ।

१० बलको सामना गरेका उनले १ चौकासहित ९ रन बनाए । यस्तै त्यसबीचमा सुनिल नारायणले १७ तथा इयोन मोर्गनले ७ रन जोडेका थिए भने अन्त्यमा प्याट कमिन्सले अविजित रहदै १७ रन बनाएका थिए ।

बलिङतर्फ चेन्नईका ब्राबोले सर्वाधिक ३ तथा शार्दुल ठाकुर र कर्ण शर्मा र साम कुर्रानले समान २ /२ विकेट लिएका थिए ।

यो जितसँगै ५ खेल खेलेको कोलकता ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ । भने कोलकतासँग पराजित हुन् पुगेको चेन्नई ६ खेलबाट ४ मा हार र २ खेलमा जित निकाल्दै ४ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा रहेको छ ।

अब प्रतियोगितामा आज बिहिबार सनराइजर्स हैदराबादले किंग्स इलाभेन पन्जावको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्