onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राहुल त्रिपाठी चम्किँदा कोलकताबाट चेन्नईलाई ठूलो लक्ष्य प्राप्त

एजेन्सी । ओपनर ब्याट्सम्यान राहुल त्रिपाठीले सानदार ब्याटिङ गरेपछी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो पाँचौ खेलमा अहिले कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्समाथि ठूलो योगफल खडा गरेको छ ।

आबुधाबीस्थित शेख जायद रंगशालामा जारी खेलमा टस जितेर सुरुमा कोलकताले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जस अनुसार कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै आफ्नो सबै विकेट गुमाएर १ सय ६७ रन बनाएको छ ।

टिमले यो योगफल खडा गर्ने क्रममा उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ठूलो योगदान गरे । यसअघि नियमीत रुपमा ओपनिङ गर्दै आएका सुनिल नारायणको ठाउँमा उनलाई टिमले मौका दिएको थियो ।

जसमा उनले टिमको विश्वासमाथि खरो उत्रिन सफल पनि भए । यसअघि मध्य क्रममा ब्याटिङ गर्ने गरेका उनले यस खेलमा ५१ बलको सामना गर्दै ८ चौका र ३ छक्कासहित ८१ रन बनाएका थिए ।

त्यसअघि टिमले ४.२ ओभरमा टिमको स्कोर ३७ रन हुँदा ओपनर शुभमन गिललाई ११ रनमा गुमाएको थियो । मात्र १२ बलको सामना गरेका उनले १ चौकासहित ११ रन जोडे ।

उनि आउट भएपछि एकतर्फ राहुल त्रिपाठीले इनिङलाई सम्हाली रहे । भने अर्कोतर्फबाट कोलकताले राम्रो साथ पाएन । त्यसैको फलस्वरुप कोलकताले ८.१ ओभरमा टिमको स्कोर ७० रन हुँदा नितिश रानालाई तेस्रो विकेटका रुपमा गुमायो । १० बलको सामना गरेका उनले १ चौकासहित ९ रन बनाए ।

यस्तै त्यसबीचमा सुनिल नारायणले १७ तथा इयोन मोर्गनले ७ रन जोडेका थिए भने अन्त्यमा प्याट कमिन्सले अविजित रहदै १७ रन बनाएका थिए ।

बलिङतर्फ चेन्नईका ब्राबोले सर्वाधिक ३ तथा शार्दुल ठाकुर र कर्ण शर्मा र साम कुर्रानले समान २ /२ विकेट लिएका थिए ।

अब कोलकताले प्रस्तुत गरेको १ सय ६८ रनको विजयी चुनौतीलाई पछ्याउँदै चेन्नईले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्