राजस्थानमाथि सानदार जित निकाल्दा मुम्बईका सुर्य कुमार प्लेयर अफ द म्याच घोषित
एजेन्सी । भारतीय मध्य क्रममा ब्याट्सम्यान सुर्य कुमार यादव प्लेयर अफ द म्याच घोषित भएका छन् ।
साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्सबाट खेल्दै आएका सुर्य कुमार यादव मंगलबार राति राजस्थान रोयल्सविरुद्धको खेलमा प्लेयर अफ द म्याच घोषित भएका हुन् ।
जारी प्रतियोगितामा राम्रो लयमा देखिएको मुम्बईले आफ्नो छ्ठौं खेलमा राजस्थानलाई ५७ रनले पराजित गरेको थियो ।
आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै १ सय ९३ रन बनाएको थियो ।
त्यसक्रममा मुम्बईको तर्फबाट सुर्य कुमारले सर्वाधिक ठूलो पारी खेलेका थिए ।
अविजित समेत रहेका उनले ४७ बलको सामना गर्दै ११ चौका र २ छ्क्कासहित ७९ रन बनाएका थिए ।
यस्तै उक्त खेलमा जसप्रित बुमराह गेम चेन्जर अफ द म्याच घोषित हुँदा जोफ्रा आर्चर सुपर स्टाईकर अफ द म्याच र टेन्ट बोल्ट पावर प्लेयर अफ द म्याच घोषित भएका थिए । यी सबैले जनही १/१ लाख भारतीय रुपिए प्राप्त गरे ।
यसरी मुम्बईलाई जारी आईपीएलमा चौथों जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सुर्य कुमार यादबको प्रदर्शन पनि समग्रमा राम्रो भईरहेको छ ।
हालसम्म मुम्बईले खेलेका ६ खेलमा सबैमा उपस्थिति जनाएका उनले १ सय ८० रन बनाईसकेका छन् ।र उनि सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा छ्ठौं स्थानमा रहेका छन् ।