आईपीएलमा आज मुम्बईको सामना गर्दै राजस्थान
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा आज मंगलबार राजस्थान रोयल्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि आबुधाबीस्थित शेख जायद रंगशालामा हुनेछ ।
जारी प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको मुम्बईविरुद्ध राजस्थानलाई त्यति सहज भने पक्कै हुनेछैन । हालसम्म ५ खेल खेलेको मुम्बईले ३ खेलमा जित निकाल्दा २ खेल गुमाएको थियो ।यसरी अहिले मुम्बई ६ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता प्रतियोगितामा सुरुवात राम्रो गरेको भएपनि राजस्थानले पछिल्ला दुई खेल गुमाएको छ । तसर्थ आज राजस्थानको स्तरलाई मापन गर्न मुम्बईसँगको खेलले ठूलो भुमिका निर्वाह गर्नेछ ।
प्रतियोगिताको दाबेदार टोलीको रुपमा हेरिएको राजस्थानले यस खेलबाट आफ्नो लयलाई पुन जिवित गर्न चाहन्छ र सोही रणनीतिका साथ तेस्रो जितको खोजिमा आज राजस्थान रहने छ ।
हालसम्म ४ खेल खेलेको राजस्थान ४ अंकसहित पाँचौ स्थानमा रहेको छ ।