आईपीएल रोमाञ्चक बन्दै : एक नजर अंकतालिकामाथि
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को १९ औं खेल सकिंदै गर्दा प्रतियोगिता थप रोमाञ्चक बन्ने संकेत देखिएको छ ।
अझ अंकतालिकालाई नियाल्दा अझै सबैको बाटो उत्तिकै खुल्ला रहेको छ । त्यसबीचमा तल माथि हुने क्रममा जारी रहेको छ ।
हालसम्म नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । सोमबार राति भएको खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गरेपछी दोस्रो स्थानमा रहेको दिल्ली शीर्ष स्थानमा उक्लिएको थियो ।
जारी प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको दिल्लीले हालसम्म ५ खेल खेलिसकेको छ । जसमा ४ खेल जित्दा मात्र १ खेल गुमाएको छ र ८ अंक अंकतालिकामा जोडेको छ ।
दिल्लीलाई पछ्याईरहेको साविकको विजेता समेत रहेको मुम्बईले ५ खेलबाट ३ मा जित र २ मा हार ब्यहोर्दै ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै तेस्रो स्थानमा ६ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर रहेको छ । मुम्बईसँग समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै बेंगलोर तेस्रो स्थानमा रहेको हो ।
बेंगलोरले पनि अहिलेसम्म ५ खेल खेलिसकेको छ । जसमा ३ मा जित र २ खेलमा पराजय समावेश रहेको छ । यता अंकतालिकाको चौथों, पाँचौ , छटौं र सातौं स्थानमा क्रमशः कोलकता नाइट राईडर्स, राजस्थान रोयल्स , चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद रहेका छन् । यी सबैको समान ४/४ अंक रहेको छ ।
जसमा कोलकता र राजस्थानले ४/४ खेल खेल्दा बाँकी चेन्नई र हैदराबादले ५/५ खेल खेलिसकेका छन् । यस्तै किंग्स इलाभेन पन्जाव भने २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।
अहिलेसम्म ५ खेल खेलिसकेको पन्जावले ४ खेल गुमाउँदा एक खेल मात्र आफ्नो पक्षमा पारेको छ । प्रतियोगिताको प्राबधान अनुसार लिग चरणका शीर्ष चार टोलीले प्ले अफको स्थान पक्का गर्नेछन् ।
अंकतालिका