बेंगलोरमाथि सानदार जित निकाल्दा दिल्लीका अक्षर पटेल प्लेयर अफ द म्याच घोषित

बेंगलोरमाथि सानदार जित निकाल्दा दिल्लीका अक्षर पटेल प्लेयर अफ द म्याच घोषित

एजेन्सी । भारतीय अनुभवी अलराउन्डर अक्षर पटेल प्लेयर अफ द म्याच घोषित भएका छन् ।

सोमबार राति रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेलमा उनि प्लेयर अफ द म्याच हुन् ।

उक्त खेलमा दिल्ली क्यापिटल्सले बेंगलोरलाई ५९ रनले पराजित गरेको थियो । बेंगलोरमाथि फराकिलो जित हासिल गर्ने क्रममा पटेलले राम्रो भूमिका निर्वाह गरेका थिए ।

जस अन्तर्गत उनले महत्वपूर्ण दुई विकेट लिएका थिए । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले मात्र १८ रन खर्चिएर २ विकेट हात पारेका थिए ।

उनको बलमा भरपर्दा ओपनर ब्याट्सम्यान आरोन फिन्च १३ रन र मोइन अलि ११ बनाएर पभेलियन फर्किएका थिए ।प्रतियोगितामा हालसम्म ४ खेल खेलिसकेका पटेलले ६४ रन खर्चिएर ४ विकेट लिइसकेका छन् । र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी १६ औं स्थानमा रहेका छन् ।

यस्तै बेंगलोरविरुद्धको खेलमा अक्षर प्लेयर अफ द म्याच घोषित हुँदा कगिसो रबाडा गेम चेन्जर अफ द म्याच चुनिएका थिए । भने मार्कस स्टोनिस सुपर स्टाइकर अफ द म्याच र पृथ्वी शा पावर प्लेयर अफ द म्याच घोषित भएका थिए । यी सबैले जनही १/१ लाख भारती रुपिए प्राप्त गरे ।

यता उनको टिम दिल्ली क्यापिटल्सले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ । त्यसैको फल स्वरुप हालसम्म ५ खेल खेलेको दिल्ली ४ खेलमा जित र १ मा हार ब्यहोर्दै ८ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।