onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीसँग बेंगलोरको लज्जास्पद हार

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा चौथों जित हासिल गरेको छ ।

प्रतियोगितामा चौथों जित हासिल गर्ने क्रममा दिल्लीले सोमबार राति विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गरेको थियो ।

खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ९७ रनको विशाल योगफल पछ्याउदै जवाफी ब्याटिङ गरेको बेंगलोर २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ३७ रनमा सिमित हुन् पुगेपछि दिल्लीलाई प्रतियोगितामा चौथों जित निकाल्न प्रयाप्त बन्यो ।

बेंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ठूलो पारी खेलेका खेले । ३९ बलको सामना गरेका उनले २ चौका र १ छक्कासहित ४३ रनको योगदान गरेका थिए । पाँचौ विकेटका रुपमा आउट हुन् पुगेका उनि कागिसो रबाडाको बलमा सिकार हुन् पुगेका थिए ।

त्यसअघि खराब ब्याटिङ गरेको बेंगलोरले ५.५ ओभरमा टिमको स्कोर ४३ रन हुँदा आफ्ना ४ महत्वपूर्ण खेलाडीलाई गुमाएको थियो ।जसमा ओपनर ब्याट्सम्यान देवदत्त पादक्कल ४ रन र आरोन फिन्च १३ रनमा आउट हुन् पुगेका थिए ।भने एबी डि भिलियर्सले पनि ९ रन बनाएर आउट हुन् पुगेका थिए ।

यसबीचमा विराटले केहि हदसम्म भएपनि पारीलाई अगाडी बढाउन भूमिका निर्वाह गर्दा बेंगलोरको विकेट पतन भने रोकिएन् । जसमा वाशिंगटन सुन्दरले १७ रन र सिभव दुबे ११ रन बनाएर आउट हुन् पुग्दा टिमले दिल्लीसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

बलिङतर्फ दिल्लीका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिए । भने अन्रिच नोर्त्जे र अक्षर पटेल पनि समान २/२ विकेट लिदा रविचंद्रन अश्विनले १ विकेट हात पारेका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

दिल्लीले उक्त योफगल खडा गर्ने क्रममा सुरुवातबाटै राम्रो गरेको थियो । उसका लागि ओपनरद्वय पृथ्वी शा र शिखर धवनले ६८ रनको ओपनिङ साझेदारी गरेका थिए ।

सातौँ ओभरको चौथो बलमा पृथ्वी ४२ रन बनाएको अवस्थामा आउट हुन् पुगेका थिए । टिमलाई ठोस सुरुवात दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले मोहम्मद सिराजको बलमा एबी डि भिलियर्सको हातबाट क्याच आउट हुनुअघि २३ बलको सामना गर्दै ५ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए ।

पृथ्वी आउट भएपछि शिखरलाई साथ दिन कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए । तर यिनै शिखर ९.४ ओभरमा टिमको स्कोर ८२ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए । ईसुरु उदानाको बलमा मोईन अलिको हातबाट क्याच आउट हुनुअघि शिखरले २८ बलको सामना गर्दै ३ चौकासहित ३२ रनको योगदान गरे ‘।

शिखर आउट भएपछि दिल्लीले श्रेयस अय्यरलाई सस्तैमा गुमायो । यसअघि राम्रो प्रदर्शन गरिरहेका श्रेयस यस खेलमा भने चल्न् सकेनन् । ११.३ ओभरमा टिमको स्कोर ९० रन हुँदा तेस्रो विकेटका रुपमा मैदान छोडेका उनले त्यसक्रममा ११ रन जोडे ।

त्यसपछि भने दिल्लीले फेरी अर्को राम्रो साझेदारी पायो । रिषभ पन्त र अष्ट्रेलियन अलराउण्डर मार्कस स्टोनिसले टिमको इनिङलाई अगाडी बढाउने क्रममा ६९ रनको साझेदारी समेत गरे । जून साझेदारीले दिल्लीलाई पुन राहत दिएको थियो ।

राम्रो ब्याटिङ गरिरहेका पन्त यसैबीचमा १८.२ ओभरमा टिमको स्कोर १ सय ७९ रन हुँदा आउट हुन् पुगे । २५ बलको सामना गरेका उनले ३ चौका र २ छक्कासहित ३७ रन बनाए उनि सिराजको बलमा आउट हुन् पुगेका थिए ।

यस्तै मार्कस स्टोनिसले भने इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा अर्ध शतक पूरा गरेका थिए । अविजित रहेका उनले २६ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५३ रन बनाए भने शिमरोन हेटमाइर पनि ११ रनमा अविजित रहे ।

यो जितसँगै दिल्ली ५ खेलबाट ४ खेलमा जित निकाल्दै ८ अंकका साथसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
भने दिल्लीसँग लज्जास्पद हार व्यहोरेको बेंगलोरले ५ खेलबाट ३ मा जित र २ मा हार व्यहोर्दै ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत मंगलबार मुम्बईले राजस्थानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्