अमित मिस्राले आईपीएल गुमाउने : सन्दीपका लागि आशा बढयो

अमित मिस्राले आईपीएल गुमाउने : सन्दीपका लागि आशा बढयो

एजेन्सी । भारतीय अनुभवी स्पिनर अमित मिस्राले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) गुमाउने भएका छन् ।

प्रतियोगितामा ठिक ठाक्कै प्रदर्शन गरेका अमित अघिल्लो कोलकता नाइट राइडर्ससँगको खेलमा चोटिल हुन् पुगेका थिए ।

त्यसैका कारण उनले यस संस्करणको आईपीएल गुमाउने भएका हुन् । उनले आईपीएलमा दिल्लीबाट तीन खेल खेले । जसमा उनले ७२ रन खर्चिएर ३ विकेट हात पारेका थिए ।

उनको अनुपस्थितमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको पनि आशा बढेर गएको छ । हालसम्म पाँच खेल खेलिसकेको दिल्लीले उनलाई अन्तिम ११ मा अझै उत्राएको छैन।

यस्तोमा सन्दीप त्यस क्षणको पर्खाईमा समेत रहेका छन् । अर्को कुरा आईपीएलमा एक खेलमा एउटा टिमले मात्र ४ विदेशी खेलाडीलाई खेलाउन सक्ने प्रबाधान अनुरुप उनि अझै फिट देखिएका छैनन ।

विदेशी खेलाडीको हकमा दिल्लीले अहिले सम्म उतारेको सबै खेलाडीले राम्रो प्रदर्शन समेत गरेका छन् । यस्तोमा यो दिल्लीका लागि सुखद कुरा हो भने सन्दीपका समर्थकका लागि केही असजिलो पक्कै हो ।

यता अहिले दिल्लीको स्पिनको जिम्मा रविचन्दन आश्विनले सम्हालिरहेका छन् । जसमा दिल्लीले अक्षर पटेललाई अर्को विश्वास गरेको छ ।

अलराउन्डर समेत रहेका उनिले केही खेलमा आफुलाई प्रमाणित गर्दै राम्रो नतिजा टिमलाई दिन सके । उनि दिल्लीको पहिलो रोजाई भित्रका खेलाडी बन्न सकेनन् ।

तर यस्तो नभए दिल्ली विकल्प रोज्न बाध्य हुनेछ । जसमा सन्दीपप्रति दिल्लीको नजर जानेछ । अब सन्दीप खेल्ने या नखेल्ने भन्नेमा अन्य खेलाडी र टिमको नतिजामा भरपर्नु पर्ने देखिन्छ ।