onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पञ्जाबमाथि चेन्नईको सानदार जित : जितमा ओपनरनै प्रयाप्त

एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जाबमाथि सानदार जित हासिल गरेको छ । खेलमा सानदार जित हासिल गर्ने क्रममा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गरेको छ ।

जारी प्रतियोगिता चेन्नईको यो दोस्रो जित समेत हो । यसअघि चेन्नई ३ खेलमा पराजित हुन् पुग्दा मात्र एक खेल जितेको थियो । यता चेन्नईसँग पराजित हुन् पुगेको पञ्जाबको भने यो तेस्रो हार हो । हालसम्म ५ खेल खेलिसकेको पञ्जाबले एक खेल मात्र जितेको छ ।

यता खेलमा पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको विजयी चुनौतीलाई चेन्नईले १७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको थियो । टिमलाई सानदार जित दिलाउने क्रममा उसका ओपनर ब्याट्सम्यानद्वय शेन वाटसन र फाफ डु प्लेसिसको जोडीनै प्रयाप्त बन्यो ।

जसमा ५३ बलको सामना गरेका वाटसनले ११ चौका र ३ छक्कासहित ८३ रन बनाए । भने डु प्लेसिसले पनि ५३ बलको सामना गर्दै ११ चौका र १ छक्कासहित ८७ रन बनाए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको छ ।

पञ्जाबले ठूलो योगफल बनाउने क्रममा उसका लागि ओपनर तथा टिमका कप्तान लोकेश राहुलले कप्तानी पारी खेले । ५२ बलको सामना गरेका उनले ७ चौका र १ छ्क्कासहित ६३ रन बनाए ।

चौथों विकेटका रुपमा पभेलियन फर्किएका उनि शार्दुल ठाकुरको बलमा महेन्द्र सिंह धोनीको हातबाट आउट हुन् पुगेका थिए ।

लोकेश अघि टिमका लागि अर्का ओपनर मयंक अग्रवालले २६ रनको योगदान गरेका थिए ।८.१ ओभरमा आउट हुन् पुगेका अग्रवाल र लोकेशबीच ६१ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

जून साझेदारीले टिमको इनिङलाई अगाडी बढाउन ठूलो भूमिका निर्वाह गरेको थियो । पीयूष चावलाको बलमा साम कुर्रानको हातबाट क्याच आउट हुन् पुगेका अग्रवालले उक्त रन बनाउने क्रममा १९ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरे ।

मयंक आउट भपछि लोकेश राहुललाई साथ दिन मैदानमा मन्दीप सिंह आएका थिए । जसमा मन्दीपले २७ रन थपे । त्यसपछि टिमले निकोलस पूरनलाई ३३ रनमा गुमाएको थियो । र अत्यमा ग्लेन म्याकवेल र सर्फराज खानले पनि अविजित रहदै क्रमश : ११ र १४ रन बनाएका थिए ।

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पीयूष चावलाले समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्