लोकेश राहुलको सानदार ब्याटिङमा पञ्जाबले चेन्नईलाई दियो विशाल चुनौती

लोकेश राहुलको सानदार ब्याटिङमा पञ्जाबले चेन्नईलाई दियो विशाल चुनौती

एजेन्सी । कप्तान लोकेश राहुलले सानदार ब्याटिङ गरेपछि आफ्नो पाँचौ खेलमा किंग्स इलाभेन पञ्जाबले चेन्नई सुपर किंग्ससामू ठूलो विजयी चुनौती प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको छ ।

पञ्जाबले यो विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर तथा टिमका कप्तान लोकेश राहुलले कप्तानी पारी खेले । ५२ बलको सामना गरेका उनले ७ चौका र १ छ्क्कासहित ६३ रन बनाए । चौथों विकेटका रुपमा पभेलियन फर्किएका उनि शार्दुल ठाकुरको बलमा महेन्द्र सिंह धोनीको हातबाट आउट हुन् पुगेका थिए ।

लोकेश अघि टिमका लागि अर्का ओपनर मयंक अग्रवालले २६ रनको योगदान गरेका थिए ।८.१ ओभरमा आउट हुन् पुगेका अग्रवाल र लोकेशबीच ६१ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।जून साझेदारीले टिमको इनिङलाई अगाडी बढाउन ठूलो भूमिका निर्वाह गरेको थियो ।

पीयूष चावलाको बलमा साम कुर्रानको हातबाट क्याच आउट हुन् पुगेका अग्रवालले उक्त रन बनाउने क्रममा १९ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरे ।

मयंक आउट भपछि लोकेश राहुललाई साथ दिन मैदानमा मन्दीप सिंह आएका थिए । जसमा मन्दीपले २७ रन थपे । त्यसपछि टिमले निकोलस पूरनलाई ३३ रनमा गुमाएको थियो । र अत्यमा ग्लेन म्याकवेल र सर्फराज खानले पनि अविजित रहदै क्रमश : ११ र १४ रन बनाएका थिए ।

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पीयूष चावलाले समान १/१ विकेट लिएका थिए ।

अब पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको विजयी चुनौतीलाई पछ्याउदै चेन्नईले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।