हैदराबादलाई हराउँदै फेरी मुम्बई शीर्ष स्थानमा
एजेन्सी । सनराइजर्स हैदराबादमाथि जित हासिल गर्दै साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार भएको दिनको पहिलो खेलमा जित हासिल गर्ने क्रममा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा ५ खेल खेलेको मुम्बईको यो तेस्रो जित समेत हो । र अहिले मुम्बई ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यता मुम्बईसँग पराजित हुन् पुगेको हैदराबादले अहिलेसम्म ५ खेल खेल्दै ३ मा हार र २ खेलमा जित निकाल्दै ४ अंकसहित छठौ स्थानमा रहेको छ ।
यता खेलमा मुम्बईले दिएको २ सय ९ रनको विजयी चुनौतीलाई पछ्याएको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ७४ रनमा सिमित हुन् पुगेपछि खेल मुम्बईले आफ्नो पक्षमा पार्न सफल भयो ।
विशाल योगफललाई पछ्याएको भएपनि उसका लागि कप्तान डेविट वार्नरले सर्वाधिक ठूलो पारी खेलेका थिए । ओपनर समेत रहेका उनले ४४ बलको सामना गर्दै ५ चौका र २ छ्क्कासहित ६० रनको योगदान गरेका थिए ।
वार्नर बाहेक टिमका लागि जोनी बेयरस्टोले २५ तथा मनिष पाण्डेले ३० रङ जोड्नु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिमले जारी प्रतियोगितामा तेस्रो हार व्यहोर्न बाध्य भयो ।
बलिङतर्फ मुम्बईका ट्रेंट बोल्ट , जेम्स प्याटिनसन र जसप्रीत बुमराहले समान २/२ विकेट लिएका थिए । भने कृणाल पांड्याले १ विकेट लिएका थिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर मुम्बईले पहिले ब्याटिङ गरेको थियो । जस अन्तर्गत मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।
मुम्बईले उक्त विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डि कोकले सर्वाधिक ठूलो पारी खेलका थिए । राशिद खानको बलमा तेस्रो विकेटको रुपमा आउट हुन् पुगेका उनले ३९ बलको सामना गर्दै ४ चौका र ४ छक्कासहित ६७ रन बनाएका थिए ।
त्यसअघि टिमले कप्तान रोहित शर्मालाई ६ रन र सुर्य कुमार यादवलाई २७ रनको अवस्थामा गुमाएको थियो। यसअघि राम्रो प्रदर्शन गरिरहेका रोहित यस खेलमा सस्तैमा आउट हुने क्रममा पहिलो ओभरको पाँचौ बलमा सन्दीप शर्माको बलमा विकेट किपर जोनी बेयरस्टोको हातबाट सिकार हुन् पुगेका थिए ।
यी दुई आउट भएपछि टिमको पारीलाई क्विन्टन डि कोक र ईशान किसनले अगाडी बढाएका थिए। त्यस क्रममा यी दुईबीच ७८ रनको साझेदारी हुन् पुगेको थियो । १३.१ ओभरमा टिमको स्कोर १ सय २६ हुँदा क्विन्टन डि कोक व्यक्तिगत ६७ रनमा आउट हुन् पुगेका थिए ।
क्विन्टन डि कोक पभेलियन फर्किएपछि इशान किशनले ३१ रन बनाउँदा हार्दिक पांड्याले २८ तथा किरोन पोलाण्ड र कुर्नाल पांड्याले अविजित रहदै क्रमश : २५ रन र २० रन बनाएका थिए ।
बलिङतर्फ हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कौलले समान २/२ विकेट लिएका थिए । भने राशिद खानले पनि १ विकेट हात पारेका थिए ।