onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलमा आज दुई खेल हुँदै

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा आज आईतबार पनि दुई खेल हुँदैछ । जसअन्तर्गत दिनको पहिलो खेलमा साविकको विजेता मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुने खेलमा मुम्बई तेस्रो जितको खोजीमा रहने छ । हालसम्म ४ खेल खेलेको मुम्बईले अहिलेसम्म २ मा हार र २ खेलमै जित हासिल गर्दै अंकतालिकामा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

मुम्बई पहिलो खेलमा चेन्नईसँग ५ विकेटले पराजित हुन् पुगेको थियो । भने दोस्रो खेलमा मुम्बईले कोलकतालाई ४९ रनले पराजित गर्दा तेस्रो खेलमा मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित हुन् पुगेको थियो । चौथो खेलमा भने मुम्बईले पन्जावलाई ४८ रनले पराजित गरेको थियो ।

यता आज मुम्बईको सामना गर्न लागेको हैदराबादले जारी प्रतियोगितामा हालसम्म ४ खेल खेलेको छ जसमा २ मा जित र २ मा हार व्यहोर्दै ४ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

यसरी आज यी दुई टोली प्रतियोगितामा तेस्रो जितको खोजीमा रहने छन् ।

यस्तै आजनै हुने दिनको दोस्रो खेलमा किंग्स इलाभेन पन्जावले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पन्जाव ४ खेलमा ३ हार र १ मा जित निकाल्दै २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ । भने चेन्नई समान ४ खेलबाट मात्र एक खेलमा जित निकाल्दै अंकतालिकाको पुछारमा रहेको छ ।

यसरी आज दुवै टिम दोस्रो जितको खोजीमा रहनेछन् । अहिले सम्मको प्रदर्शन हेर्दा यो खेल भने रोचक र प्रतिष्पर्दात्मक हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्