कोलकतामाथि जित निकाल्दै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा तेस्रो जित हासिल गरेको छ ।
प्रतियोगितामा तेस्रो जित हासिल गर्ने क्रममा दिल्लीले शनिबार भएको दिनको दोस्रो खेलमा कोलकता नाइट राईडर्सलाई १८ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली ४ खेलबाट ३ मा जित र १ मा हार व्यहोर्दै ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भने दिल्लीसँग पराजित हुन् पुगेको कोलकताले अहिलेसम्म ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोर्दै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।’
यता खेलमा दिल्लीले प्रस्तुत गरेको २ सय २८ रनको विशाल योगफललाई पछ्याउदै जवाफी ब्याटिङ गरेको कोलकता निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर २ सय १० रनमा सिमित हुन् पुगेपछि खेल दिल्लीले आफ्नो पक्षमा पार्न सफल भयो ।
विशाल योगफललाई पछ्याएको भएपनि कोलकताको पनि ब्याटिङ प्रदर्शन तारिफयोग्य नै रहयो । जस अन्तर्गत कोलकताले खेलमा अन्तिम समय सम्म लडिरह्यो । १.२ ओभरमा टिमको स्कोर ८ रन हुँदा ओपनर ब्याट्सम्यान सुनिल नारायणलाई ३ रनमा गुमाएको कोलकताले त्यसपछि भने राम्रो साथ पाएको थियो ।
त्यसबीचमा शुभमन गिल, र नितिश रानाबीच दोस्रो विकेटका लागि ६४ रनको साझेदारी हुन् पुगेको थियो । ८.१ ओभरमा टिमको स्कोर ७२ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका शुभमन गिलले २८ रन जोडेका थिए ।
गिल पछि कोलकताकाले आन्द्रे रसेललाई १३ रनमा गुमायो । त्यसपछि चौथो विकेटका रुपमा आउट हुन् पुगेका नितिश रानाले अर्धशतकीय पारी खेल्दा टिमलाई ठूलो राहत मिलेको थियो । अर्ध शतकीय पारी खेल्ने क्रममा उनले ३५ बलको सामना गर्दै ४ चौका र ४ छक्कासहित ५८ रन बनाएका थिए ।
नितिश पछि आउट हुन् पुगेका दिनेश कार्तिकले मात्र ६ रन बनाए । भने प्याट कमिन्स पनि ५ रन बनाएर आउट हुँदा इयोन मोर्गनले र राहुल त्रिपाठीले अत्यतिर राम्रो ब्याटिङ गर्दै गर्दै टिमलाई योगफल नजिक पुर्याएका थिए त्यसबीचमा मोर्गनले ४४ तथा राहुलले ३६ रनको योगदान गरेका थिए ।
बलिङतर्फ दिल्लीका आनिच नोर्त्जेले ३ तथा हर्सल पटेलले २ विकेट हात पार्दा कागिसो रबाडा, मार्कस स्टोइनिस र अमित मिश्राले पनि समान १/१ विकेट हात पारेका थिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालास्थित भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । जून स्कोर दिल्लीले आईपीएलमा बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो । दिल्लीले यसअघि सन् २०११ मा २ सय ३१ रन बनाएको थियो ।
टिमले विशाल योगफल खडा गर्ने क्रममा दिल्लीले सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो । टिमलाई सहज सुरुवात दिलाउने क्रममा उसका ओपनर पृथ्वी शा र शिखर धवनले राम्रो साझेदारी गरेका थिए ।यी दुईबीच ५६ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।
५.५ ओभरमा शिखर वरुण चक्रवर्तीको बलमा शुभमन गिलको हातबाट क्याच आउट हुन् पुगेका थिए । मात्र १६ बलको सामना गरेका उनले २ चौका र २ छक्कासहित २६ रन बनाएका थिए ।
शिखर आउट भएपछि पृथ्वीलाई साथ दिन कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए । र यो जोडी पनि जम्न पुग्यो । यी दुईबीच दोस्रो विकेटका लागि ७३ रनको साझेदारी हुन् पुगेको थियो ।
तर खेलको १२.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा राम्रो ब्याटिङ गरिरहेका पृथ्वी वरुण चक्रवर्तीकै बलमा मोर्गनको हातबाट क्याच आउट हुन् पुगे ।दोस्रो विकेटका रुपमा पभेलियन फर्किए पनि उनले प्रदर्शन भने तारिफयोग्यनै गरे । ४१ बलको सामना गरेका उनले ४ चौका र ४ छक्कासहित ६६ रनको योगदान टिमका लागि गरे ।
पृथ्वी आउट भएपछि श्रेयसलाई विकेट किपर ब्याट्सम्यान रिशभ पन्तले साथ दिएका थिए । त्यसबीचमा दिल्लीले फेरी अर्को राम्रो साझेदारी पायो। यी दुईबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी हुन् पुग्दा टिम विशाल योगफलतर्फ अग्रसर भएको थियो ।
१७.५ ओभरमा टिमको स्कोर २ सय १ रन हुँदा आन्द्रे रसेलको बलमा आउट हुँदै पभेलियन फर्किएका पन्तले १७ बलको सामना गर्दै ५ चौका र १ छक्कासहित ३८ रन जोडे ।
यस्तै श्रेयस ८८ रनमा अविजित रहे ।उनले उक्त रन बनाउने क्रममा ३८ बलको सामना गर्दै ७ चौका र ६ छक्का समेत प्रहार गरे । यता अन्त्यतिर मार्कस स्टोइनिस रसेलको बलमा आउट हुँदै १ रन जोड्दा शिमरोन हेटमाइर ७ रनमा अविजित रहे ।
अब प्रतियोगितामा आईतबार पनि दुई खेल हुनेछ जस अन्तर्गत पहिलो खेलमा मुम्बई र हैदराबाद आमने सामने हुनेछन् भने दिनको दोस्रो खेलमा पन्जावले चेन्नईको सामना गर्नेछ ।