श्रेयस र पृथ्वी चम्किँदा दिल्लीको विशाल योगफल
एजेन्सी । कप्तान श्रेयस अय्यर र ओपनर ब्याट्सम्यान पृथ्वी शाले अर्धशतकीय पारी खेलेपछि अहिले जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) को आफ्नो चौथों खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राईडर्ससामू विशाल विजयी चुनौती प्रस्तुत गरेको छ ।
युएई शारजाह क्रिकेट रंगशालास्थित जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर २ सय २८ रन बनाएको छ । जून स्कोर दिल्लीले आईपीएलमा बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो । दिल्लीले यसअघि सन् २०११ मा २ सय ३१ रन बनाएको थियो ।
टिमले विशाल योगफल खडा गर्ने क्रममा दिल्लीले सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो । टिमलाई सहज सुरुवात दिलाउने क्रममा उसका ओपनर पृथ्वी शा र शिखर धवनले राम्रो साझेदारी गरेका थिए ।यी दुईबीच ५६ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।
५.५ ओभरमा शिखर वरुण चक्रवर्तीको बलमा शुभमन गिलको हातबाट क्याच आउट हुन् पुगेका थिए । मात्र १६ बलको सामना गरेका उनले २ चौका र २ छक्कासहित २६ रन बनाएका थिए ।
शिखर आउट भएपछि पृथ्वीलाई साथ दिन कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए । र यो जोडी पनि जम्न पुग्यो । यी दुईबीच दोस्रो विकेटका लागि ७३ रनको साझेदारी हुन् पुगेको थियो ।
तर खेलको १२.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा राम्रो ब्याटिङ गरिरहेका पृथ्वी वरुण चक्रवर्तीकै बलमा मोर्गनको हातबाट क्याच आउट हुन् पुगे ।दोस्रो विकेटका रुपमा पभेलियन फर्किए पनि उनले प्रदर्शन भने तारिफयोग्यनै गरे । ४१ बलको सामना गरेका उनले ४ चौका र ४ छक्कासहित ६६ रनको योगदान टिमका लागि गरे ।
पृथ्वी आउट भएपछि श्रेयसलाई विकेट किपर ब्याट्सम्यान रिशभ पन्तले साथ दिएका थिए । त्यसबीचमा दिल्लीले फेरी अर्को राम्रो साझेदारी पायो। यी दुईबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी हुन् पुग्दा टिम विशाल योगफलतर्फ अग्रसर भएको थियो ।
१७.५ ओभरमा टिमको स्कोर २ सय १ रन हुँदा आन्द्रे रसेलको बलमा आउट हुँदै पभेलियन फर्किएका पन्तले १७ बलको सामना गर्दै ५ चौका र १ छक्कासहित ३८ रन जोडे ।
यस्तै श्रेयस ८८ रनमा अविजित रहे ।उनले उक्त रन बनाउने क्रममा ३८ बलको सामना गर्दै ७ चौका र ६ छक्का समेत प्रहार गरे । यता अन्त्यतिर मार्कस स्टोइनिस रसेलको बलमा आउट हुँदै १ रन जोड्दा शिमरोन हेटमाइर ७ रनमा अविजित रहे ।
अब दिल्लीले प्रस्तुत गरेको २ सय २९ रनको विशाल योगफललाई पछ्याउदै कोलकताले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।