onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानबाट बेंगलोरलाई सम्मानजनक लक्ष्य प्राप्त

एजेन्सी । इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो चौथों खेलमा अहिले राजस्थान रोयल्सले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरको सामना गरिरहेको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ ।

राजस्थानले उक्त योगफल बनाउने क्रममा उसका लागि २० वर्षिय युवा खेलाडी महिपाल लोमरोरले सर्वाधिक ४७ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १ चौका र ३ छक्का समेत प्रहार गरे ।

त्यसअघि टिमले तेस्रो ओभरको चौथो बलमा टिमको स्कोर २७ रन हुँदा टिमका भरपर्दा ओपनर तथा टिम कप्तान स्टीवन स्मिथलाई गुमाएको थियो । सस्तैमा आउट हुन् पुगेका उनि इसुरु उदानाको बलमा आउट हुँदै पभेलियन फर्किएका थिए । जसमा उनले ५ बलमा १ चौका सहित मात्र ५ रन बनाए ।
स्मिथ आउट भएपछि राजस्थानले अर्का ओपनर ब्याट्सम्यान जोस बटलरलाई पनि गुमायो । उनि ३.१ ओभरमा टिमको स्कोर ३१ रन हुँदा २२ रन बनाएर आउट हुन् पुगेका थिए ।

त्यसपछि टिमका लागि रॉबिन उथप्पाले १७ तथा रियान परागले १६ रन थप्दा राहुल तेवतिया र जोफ्रा आर्चरले पनि अविजित रहदै क्रमश : २४ र १६ रन जोडेपछि टिमले यो योगफलसम्म पुग्न सफल भयो ।

बलिङतर्फ बेंगलोरका युजवेंद्र चहलले सर्वाधिक ३ तथा उदानाले २ र नवदीप सैनीले १ विकेट लिएका थिए ।

अब राजस्थानले दिएको १ सय ५५ रनको विजयी चुनौती लाई पछ्याउदै बेंगलोरले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्