आईपीएल खेल्न बेन स्टोक्स युएईतर्फ प्रस्थान
एजेन्सी । टि -ट्वान्टी विश्व वरीयताको दोस्रो स्थानमा रहेका इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्स युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
पारिवारिक कारण उनले आईपीएलका सुरुवाती खेल गुमाएका थिए ।आईपीएल अघि पाकिस्तानसँगको सिरिजका दौरान उनले टिमबाट विदाई लिएका थिए । यसबीचमा उनले आफ्नो बुबासँग समय बिताएका थिए। क्यान्सरबाट पिडित बुबासँग उनि यसबीचमा सँगै रहे । सल्यक्रिया पछि अहिले उनको बुबाले राम्रो महसुश गर्न थालेपछि बुबाकै आग्रहमै आईपीएलका लागि उनि युएई प्रस्थान गरेका हुन् ।
स्टोक्स आईपीएलमा राजस्थान रोयल्ससँग आवद्व रहेका छन् । टिमका सर्वाधिक आशाका केन्द्र को रुपमा हेरिएका बेन स्टोक्सको कमि यसबीचमा टिमलाई खड्किसकेको छ । कुशल फिनिसरका रुपमा आफूलाई प्रमाणित गरिरहेका उनको आगमनले राजस्थानलाई ठूलो राहत पक्कै दिनेछ ।
स्टोक्स आईतबार युएई आईपुग्ने भनिएको छ । त्यसपछि उनि आईपीएलको कोरोना मापदण्ड अनुरुप करिव ६ दिन क्वारेन्टाइनमा बस्नेछन् । यसबीचमा उनले मंगलबार हुने मुम्बईसँगको खेल भने गुमाउने छन् । त्यसपछि राजस्थानले शुक्रबार दिल्लीको सामना गर्दैछ । यस खेलमा भने उनलाई सम्भवत देख्न पाईने छ ।
यता राजस्थानले जारी प्रतियोगितामा औशत प्रदर्शन गरिरहेको छ। सुरुवाती दुई खेलबाट राम्रो चर्चा बटुलेको राजस्थानले तेस्रो खेलमा त्यो लयलाई यथावत राख्न सकेन् । राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रनले र दोस्रो खेलमा पन्जावलाई ४ विकेटले पराजित गरेको थियो ।भने तेस्रो खेलमा स्वयम् राजस्थान कोलकतासँग ३७ रनले पराजित भएको थियो ।