चेन्नईलाई हराउँदै हैदराबाद अंकतालिकाको चौथों स्थानमा उक्लियो (अंकतालिकासहित )

चेन्नईलाई हराउँदै हैदराबाद अंकतालिकाको चौथों स्थानमा उक्लियो (अंकतालिकासहित )

एजेन्सी । साविकको उप -विजेता समेत रहेको चेन्नई सुपर किंग्सलाई रोमान्चक खेलमा ७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल ) मा दोस्रो जित हासिल गरेको सनराईजर्स हैदराबाद अंकतालिकाको चौथों स्थानमा उक्लिएको छ ।

हालसम्म ४ खेल खेलेको हैदराबादले २ मा जित र २ मा हार व्यहोर्दै ४ अंकसहित अंकतालिकाको चौथों स्थानमा रहेको हो । यता हैदराबादसँग पराजित हुन् पुगेको चेन्नई ४ खेलबाट ३ मा हार र १ खेलमा जित निकाल्दै २ अंकका साथ अंकतालिकाको पुछारमा रहेको छ ।

हालसम्म प्रतियोगितामा १४ औं खेल सकिदासम्म अहिले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

हैदराबादसँगै समान ४ अंक भएपनि नेट रनरेटमा माथि रहदै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा रहेको हो । हालसम्म मुम्बईले प्रतियोगितामा ४ खेल खेलेको छ । जसमा २ खेलमा जित र २ खेलमै पराजय भएको छ ।

यस्तै प्रतियोगितामा अहिले सम्म मात्र ३ खेल खेलेको दिल्ली २ खेलमा जित र १ मा हार व्यहोर्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । तेस्रोमा कोलकता रहँदा हैदराबाद पछि क्रमश : राजस्थान , बेंगलोर रहेका छन् । यी सबैको अंकतालिकामा ४ अंक रहेको छ ।

यता २ अंकसहित पन्जाव सातौँ र चेन्नई आठौँ स्थानमा रहेका छन् ।

अब प्रतियोगिता अन्तर्गत आज शनिबार दुई खेल हुँदैछ । जसमा आबुधाबीमा हुने पहिलो खेलमा राजस्थानले बेंगलोरको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेपछि सुरु हुनेछ । त्यसपछि दिनको दोस्रो खेलमा दिल्लीले कोलकताको सामना गर्नेछ ।खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाहमा हुनेछ ।

खेल तालिका