आईपीएलमा हैदराबादको लगातार  दोस्रो जित : चेन्नई फेरी पराजित

आईपीएलमा हैदराबादको लगातार दोस्रो जित : चेन्नई फेरी पराजित

एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा हैदाराबादले शुक्रबार राति रोमान्चक बनेको खेलमा चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ।

खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेलेपनि ५ विकेट गुमाएर १ सय ५७ रनमा सिमित हुन् पुगेपछि हैदराबादलाई प्रतियोगितामा दोस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।

यता हैदराबादसँग पराजित हुन् पुगेको चेन्नईको यो तेस्रो हार हो । हालसम्म ४ खेल खेलेको चेन्नईले एक खेलमा मात्र जित हासिल गरेको छ । भने हैदराबादले ४ खेलमा २ जित र २ हार व्यहोरेको छ ।

खेलमा ठूलो लक्ष्यलाई पछ्याएको भएपनि चेन्नईको सुरुवात खराब हुन् पुगेको थियो । ८.२ ओभर भित्र टिमको स्कोर मात्र ४२ रन हुँदा चेन्नईले आफ्नो सुरुवाती ४ महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तै मा गुमाएको थियो । जसमा ओपनर फाफ डु प्लेसिसले २२ रन बनाउनु बाहेक अन्य तीन ब्याट्सम्यानले दोहोरो अंक समेत जोडन सकेनन् ।

जसमा शेन वाटसनले १ रन , अम्बाती रायुडूले ८ रन तथा केदार जाधवले ३ रन बनाएर आउट हुन् पुगेका थिए । त्यसपछि भने टिमको पारीलाई सम्हाल्न टिमका कप्तान महेन्द्र सिंह धोनी मैदानमा आएका थिए त्यस क्रममा उनलाई साथ रबिन्द्र जडेजाले दिएका थिए ।

यी दुई खेलाडीले इनिङलाई अन्त्यसम्म पुर्याए । टिमका लागि जित दिलाउन नसकेपनि प्रदर्शन भने तारिफयोग्यनै रहेको थियो । जसमा जडेजाले अर्धशकीय पारी समेत खेले । ३५ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए भने धोनी पनि ४७ रनमा अविजित रहे ।

बलिङतर्फ हैदराबादका नटराजनले २ तथा भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट हात पारेका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

हैदराबादले ठूलो योगफल बनाउने क्रममा उसका लागि १९ वर्षिय युवा खेलाडी प्रियम गर्गले सानदार ब्याटिङ गरेका थिए । अविजित रहेका उनले इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा २६ बलको सामना गर्दै ६ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए । यो सँगै आईपीएलमा मात्र ४ खेल खेलेका उनको यो आईपीएलमा पहिलो अर्ध शतक समेत हो।

त्यसअघि हैदराबादका विकेट किपर तथा ओपनर ब्याट्सम्यान जोनी बेयरस्टो शुन्य रनमा आउट हुन् पुगेका थिए । पहिलो ओभरको चौथो बलमै उनि दिपक चाहरको बलमा आउट हुन् पुगेका थिए । त्यसपछि हैदराबादको पारीलाई टिमका कप्तान डेविट वार्नर र मनिष पाण्डेले अगाडी बढाएका थिए ।

यी दुईबीच लामो साझेदारी हुन् नसकेपनि टिमलाई ठोस सुरुवात दिलाउन भने प्रयाप्त बन्यो । यी दुईबीच ४६ रनको साझेदारी हुन् पुगेको थियो । ७.१ ओभरमा टिमको स्कोर ४७ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका मनिषले २९ रन जोडे ।

शार्दुल ठाकुरको बलमा आउट हुनुअघि उनले २१ बलको सामना गर्दै ५ चौकासहित उक्त रन बनाएका थिए । मनिष आउट भएपछि १०.५ ओभरमा टिमको स्कोर ७९ रन हुँदा टिमले कप्तान वार्नरलाई गुमाएको थियो । २९ बलको सामना गरेका उनले ३ चौका सहित २८ रन जोडे ।

यी बाहेक हैदराबादका लागि अभिषेक शर्माले ३१ रन तथा केन विलियमसनले ९ रनको योगदान गरेका थिए ।

बलिङतर्फ चेन्नईका दिपक चाहरले २ तथा शार्दुल ठाकुर र पीयूष चावलाले समान एक -एक विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछ । जसमा आबुधाबीमा हुने पहिलो खेलमा राजस्थान र बेंगलोरबीच हुनेछ ।यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेपछि सुरु हुनेछ । त्यसपछि दिनको दोस्रो खेलमा दिल्लीले कोलकताको सामना गर्नछ ।खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाहमा हुनेछ ।