नेपालको महिला टि -ट्वान्टी वरीयता यथावत

नेपालको महिला टि -ट्वान्टी वरीयता यथावत

काठमाडौं (अनलाइन खेल खबर )। हालै अष्ट्रेलिया र न्युजिल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिज सकिए लगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टि – ट्वान्टी वरीयता सार्वजनिक गरेको छ ।

शुक्रबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल पुरानै स्थानमा रहेको छ । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । नेपाल १४ औं स्थानमा रहने क्रममा ११ खेलबाट १ सय ३२ रेटिङ र १४ सय ५७ पोईन्ट प्राप्त गरेको छ ।

नेपालले यस बीचमा प्रतियोगिता नखेलेको धेरैले भएको छ । सन् २०१९ मा नेपालले थाईल्यान्डमा टि- ट्वान्टी स्मास , त्यसपछि थाईल्यान्डमै आईसीसी महिला टि – ट्वान्टी विश्वकप एसिया क्षेत्रिय प्रतियोगिता खेलेको थियो ।

नेपालले पछिल्लो पटक डिसेम्बरमा नेपालमा भएको दक्षिण एसियाली खेलकुद (साग ) मा सहभागी भएको थियो । जसमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य पदक जितेको थियो । त्यसपछि नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । शीर्ष स्थानमा रहने क्रममा उसले २९ खेलबाट २ सय ९१ रेटिङ र ८ हजार ४ सय ३८ पोइन्ट प्राप्त गरेको छ । दोस्रो स्थानमा इंग्ल्यान्ड ,तेस्रोमा भारत,चौथों मा न्युजिल्यान्ड रहेको छ । यस्तै पाँचौमा दक्षिण अफ्रिका , छठौंमा वेस्ट इन्डिज , सातौंमा पाकिस्तान र आठौंमा श्रीलंका रहेको छ।

बंगलादेश वरियताको नवौं स्थानमा रहदा आयरल्यान्ड दशौं,थाइल्यान्ड ११ औं,जिम्बाबे १२ औ र स्कटल्यान्ड १३ औं स्थानमा रहेको छ । यस्तै नेपाल भन्दापछि क्रमश: पपुवा न्युगिनि ,सामोआ,युएई र उगान्डा लगायतका टोलीहरु रहेका छन् ।