बर्मुडाका पूर्व खेलाडी डेविड हेम्प पाकिस्तान महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

बर्मुडाका पूर्व खेलाडी डेविड हेम्प पाकिस्तान महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड ( पीसीबी) ले महिला क्रिकेट टोलीका लागि बर्मुडाका पूर्व खेलाडी समेत रहेका डेविड हेम्पलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

यसअघि करार सम्झौतामा रहेका इकबाल इमाम लाई विदाई गर्दै बोर्डले डेविडलाई नयाँ प्रशिक्षकको रुपमा टिममा भित्राएको हो । यो सँगै पाकिस्तान महिला टोलीलाई हेर्ने उनि दोस्रो विदेशी प्रशिक्षक बनेका छन् ।

त्यसअघि टोलीलाई विदेशी प्रशिक्षकको हकमा मार्क कोल्सले पहिलो पटक प्रशिक्षण गराएका थिए । उनले करिव २ वर्ष पाकिस्तान महिला टोलीलाई हेरे ।
उनले अघिल्लो वर्षको अक्टोबरमै राजिनामा दिएका थिए । त्यसपछि टोलीलाई अर्को प्रशिक्षक नियुक्त नहुँदा सम्म इकबाल इमामले टोलीलाई हेरेका थिए ।

नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएका डेविड हेम्पले पाकिस्तान टोलीलाई कम्तिमा सन् २०२२ सम्म हेर्ने छन् । बर्मुडाबाट खेलेपनि उनि पछिल्लो समय अष्ट्रेलिया क्रिकेटमा सक्रिय रहेका छन् । लेभल ४ कोचिङ गरेका ४९ वर्षिय हेम्प पछिल्लो पाँच वर्ष देखि महिला बिग ब्यास लिग अन्तर्गतको मेलबर्न स्टार्ससँग आबद्व रहेका थिए ।

यता उनले बर्मुडाबाट २२ एकदिवसीय .२ टि-ट्वान्टी अन्तर्राष्ट्रिय र २ सय ७१ पहिलो श्रेणीको क्रिकेट खेलेका थिए। त्यस जसमध्य उनले एकदिवसीयमा ६ सय ४१ रन , टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २० रन र पहिलो श्रेणीमा १५ हजार ५ सय २० रन बनाएका छन् ।