कप्तान रोहितले सानदार ब्याटिङ गरेपछि मुम्बईले दियो पञ्जाबलाई ठूलो लक्ष्य

कप्तान रोहितले सानदार ब्याटिङ गरेपछि मुम्बईले दियो पञ्जाबलाई ठूलो लक्ष्य

एजेन्सी । कप्तान रोहित शर्माले सानदार ब्याटिङ गरेपछि मुम्बई इन्डियन्सले आफ्नो चौथो खेलमा किंग्स इलाभेन पञ्जाबसामू ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको छ ।

मुम्बईले यो स्कोर खडा गर्ने क्रममा उसका लागि कप्तान रोहित शर्माले कप्तानी पारी खेले । इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्कासहित ७० बनाए । चौथों विकेटका रुपमा पभेलियन फर्किएका उनि मोहम्मद शामीको बलमा क्याच आउट हुन् पुगेका थिए ।

यो सँगै उनि आईपीएल इतिहासमा ५ हजार रन बनाउँने तेस्रो खेलाडी बनेका छन् । पहिलो संस्करणबाटै खेल्दै आएका उनले यसबीचमा १ सय ९२ खेलबाट ५ हजार ७८ रन बनाईसकेका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भने बेंगलोरका कप्तान विराट कोहली अग्रपंक्तिमा रहेका छन् । उनले हालसम्म ५ हजार ४ सय ३० रन बनाएका छन् । यस्तै रोहित भन्दा माथि रहेका सुरेश रैनाले ५ हजार ३ सय ६८ रन बनाएका छन् ।

यस्तै टिमका लागि इशान किशनले २८ बनाए तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका उनले उक्त रन बनाउने क्रममा ३२ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसअघि टिमले पहिलो ओभरको पाँचौ बलमा विकेटकिपर ब्याट्सम्यान तथा ओपनर क्विन्टन डि कोक लाई गुमायो । शेल्डन कोटरलको बलमा आउट हुन् पुगेका उनले खाता खोल्न समेत सकेनन् ।

त्यसपछि मुम्बईले सूर्यकुमार यादबलाई पनि १० रनमा गुमायो । यस्तै टिमका लागि अत्यतिर किरोन पोलार्ड र हार्दिक पांड्याले अविजित रहदै क्रमशः ४७ र ३० रन बनाए । आक्रामक शैलीमा प्रस्तुत भएका पोलार्डले उक्त रन बनाउने क्रममा मात्र २० बलको सामना गरेका थिए भने हार्दिकले ११ बलको सामना गरेका थिए ।

बलिङतर्फ पञ्जाबका कृष्णप्पा गौतम, मोहम्मद शामी र शेल्डन कोटरल,ले समान १/१ विकेट लिएका थिए ।

अब मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको विजयी चुनौतीलाई पछ्याउदै पञ्जाबले अबको केहि बेर पछि जवाफी ब्याटिङ गर्नेछ । जारी प्रतियोगितामा समान ३/३ खेल खेलिसकेका यी दुई टिमले हालसम्म १/१ खेल जितेका छन् ।