पञ्जाबविरुद्व मुम्बईले सुरुमा ब्याटिङ गर्ने

पञ्जाबविरुद्व मुम्बईले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत औं खेलमा अहिले किंग्स इलाभेन पञ्जाब र मुम्बई इन्डियन्स आमने सामने हुँदैछन् ।

यसबीचमा आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा भर्खरै भएको टसमा टस जितेर पञ्जाबले मुम्बईलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

जारी प्रतियोगितामा साविकको विजेता समेत रहेको मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा मुम्बईले कोलकतालाई ४९ रनले पराजित गरेको थियो र तेस्रो खेल जून सुपर ओभरमा गएको थियो । जसमा मुम्बई बेंगलोरसँग पराजित हुन् पुगेको थियो ।

यता पञ्जाबको पनि मुम्बईको जस्तै जस्तै अवस्था रहेको छ । पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित हुन् पुगेको थियो । भने दोस्रो खेलमा पञ्जाबले बेंगलोरमाथि ९७ रनले जित आत्मसाथ गरेको थियो।

तर पञ्जाब तेस्रो खेलमा भने राजस्थान रोयल्ससँग निराश हुन् पुगेको थियो । जसमा राजस्थानले पञ्जाबलाई ४ विकेटले पराजित गरेको थियो ।

यसरी हालसम्मको प्रदर्शनलाई नियाल्दा यी दुईबीचको यस खेल हेर्न लायक पक्कै हुनेछ ।