क्यान पूर्व निर्णयबाट पछि हट्यो : खेलाडीको वर्गिकरण पुन :हुने
एजेन्सी । नेपाली पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गिकरण पुन: हुने भएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) ले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै खेलाडीको वर्गिकरण पुन :गरिने बताएको छ ।
गत असोज ६ गते चितवनमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले १८ पुरुष र १९ जना महिला खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गर्दै तलब दिने निर्णय गरेको थियो । जसमा पुरुषतर्फ ए, बी र सी श्रेणीका खेलाडीले क्रमशः ५०, ४० र ३० हजार पाउने निर्णय गरेको थियो भने पहिलो पटक समाबेश भएका महिला खेलाडीले क्रमशः १५, १२ र १० हजार रुपैयाँ पाउने निर्णय गरेको थियो।
क्यानका कोषाध्यक्ष समेत रहेका रोशन कुमार सिंह संयोजकत्वमा निर्माण भएको खेलाडी वर्गिकरण निर्धारण समितिले तयार गरेको वर्गिकरणलाई बोर्ड बैठकले पारित समेत गरेको थियो ।
तर यसबीचमा वर्गिकरणलाई लिएर ब्यापक जन गुनासो र खेलाडी स्वयम् ले समेत वर्गिकरणलाई लिएर पुन: विचार गर्न क्यानलाई ध्यानाकर्षण गराएपछि क्यान आफ्नो पूर्व निर्णयबाट पछि हटेको हो ।
अब क्यानले नयाँ वर्गिकरण गर्ने क्रममा पुरुष र महिला टोलीका कप्तान ,उप -कप्तान र प्रशिक्षकसहितसँग आवस्यक छलफल समेत गर्ने उलेख्य गरेको छ र सोहि आधारमा छनोट गरेपछि नयाँ वर्गिकरण सार्वजनिक गर्ने बताएको छ ।
यस्तो थियो वर्गिकरण
पुरुष टोलीको ग्रेड
ग्रेड ‘ए’ : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी ।
ग्रेड ‘बी’: सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ ।
ग्रेड ‘सी ‘: सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी ।
महिला टोलीको ग्रेड
‘ए’ श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर र करुणा भण्डारी ।
‘बी’ श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ र सरिता मगर ।
‘सी’ श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द र सोभा आले ।