राजस्थान हार्दा दिल्ली शीर्षस्थानमा उक्लियो (अंकतालिकासहित )

राजस्थान हार्दा दिल्ली शीर्षस्थानमा उक्लियो (अंकतालिकासहित )

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति राजस्थान रोयल्स कोलकता नाइट राईडर्ससँग ३७ रनले पराजित भएसँगै दोस्रो स्थानमा रहेको दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । हालसम्म प्रतियोगितामा ३ खेल खेलेको दिल्लीले २ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

दोस्रो स्थानमा कोलकता उक्लिएको छ समान ३ खेल खेलेको कोलकताले २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थान रहेको छ । दिल्लीसँगै समान ४ अंक भएपनि नेट रनरेटमा पछि पर्दै कोलकता दोस्रो स्थानमा रहेको हो । यस्तै तेस्रो स्थानमा राजस्थान रोयल्स रहेको छ। हालसम्म ३ खेल खेलेको राजस्थानले पनि २ मा जित र १ मा हार व्यहोरेको छ ।

यता ४ अंकसहितनै रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा रहेको छ । भने पन्जाव पाँचौ स्थानमा रहदा मुम्बई इन्डियन्स , सनराइजर्स र चेन्नई सुपर किंग्स क्रमश : छठौ , सातौँ र आठौँ स्थानमा रहेका छन् । यी सबैको २/२ अंक रहेको छ ।

अंकतालिका