राजस्थानको अपराजित यात्रामा लाग्यो ब्रेक ! कोलकतासँग पराजित
एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको आफ्नो तेस्रो खेलमा पराजित हुने क्रममा कोलकता नाइट राईडर्ससँग ३७ रनले निराश हुन् पुगेको थियो ।
यसअघि प्रतियोगितामा राम्रो प्रदर्शन गरेको राजस्थानले कोलकतासँगको पहिलो भेटमा भने प्रभाव छोड्न सकेन् ।राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रन र दोस्रो खेलमा पन्जावलाई ४ विकेटले पराजित गरेको थियो । यता कोलकताको भने यो दोस्रो जित हो । कोलकता पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकताले हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो ।
खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ७५ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ३७ रनमा सिमित हुन् पुगेपछि खेल कोलकताले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
खेलमा ठूलो लक्ष्यलाई पछ्याएको भएपनि राजस्थानले सुरुवातबाटै खराब ब्याटिङ प्रस्तुत गरेको थियो । १.६ ओभरमा टिमको स्कोर १५ रन हुँदा टिमले कप्तान स्टीवन स्मिथलाई ३ रनमा गुमाएको थियो । स्मिथ आउट भएपछि राजस्थानको विकेट पतन रोकिएन् । यसबीचमा टिमका अर्का महत्वपूर्ण ब्याट्सम्यान संजू सैमसन पनि ८ रनमा आउट हुन् पुगे ।
त्यसपछि विकेट किपर ब्याट्सम्यान जोस बटलर पनि २१ रन बनाएर आउट हुन् पुगेपछि राजस्थान थप दबाबमा आएको थियो । त्यस क्रममा राजस्थानले रोबिन उथप्पालाई २ रनमा र रियान परागलाई १ रनमा गुमाएको थियो ।
यसरी ७.४ ओभर भित्र मात्र ४२ रन जोड्दा राजस्थानले आफ्नो ५ महत्वपूर्ण विकेट गुमाईसकेको थियो । त्यसपछि टिमलाई सम्हाल्न आएका राहुल राहुल तेवाटिया पनि सस्तैमा आउट हुन् पुगे । उनले १४ रन बनाए भने श्रेयस गोपालले ५ रन र जोफ्रा आर्चरले ६ रन थपेका थिए ।
इनिङलाई अन्त्यसम्म पुर्याएका टम कुरानले इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ५४ रन बनाए । अविजित रहेका उनले उक्त रन बनाउने क्रममा ३६ बलको सामना गर्दै २ चौका र ३ छक्कासमेत प्रहार गरे ।
बलिङतर्फ कोलकताका लागि शिवम मावी , कमलेश नागरकोटी र वरुण चक्रवर्तीले समान २/२ विकेट लिएका थिए भने सुनिल नारायण, प्याट कमिन्स र कुलदीप यादबले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
कोलकताले ठूलो स्कोर बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान शुभमन गिलले राम्रो ब्याटिङ गरेका थिए ।इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ३४ बलको सामना गर्दै ५ चौका र १ छक्कासहित ४७ रन बनाए । ११.१ ओभरमा टिमको स्कोर ८९ रन हुँदा उनि जोफ्रा आर्चरको बलमा क्याच आउट हुन् पुगेका थिए ।
शुभमन आउट हुनुअघि टिमले पहिलो विकेटका रुपमा सुनिल नारायणलाई १५ रन र नितिश रानालाई २२ रनमा गुमाएको थियो ।
यसपछि भने कोलकताले कप्तान दिनेश कार्तिकलाई पनि चौथो विकेटका रुपमा मात्र १ रनमा गुमाएपछि टिम केहि दबाबमा आएको देखिएको थियो । त्यसबीचमा आन्द्रे रसेलले केहि आशा भने नदेखाएका होइनन् तर उनले पनि ठूलो पारी खेल्न सकेनन् ।
सुरुवातबाटै आक्रमक रुपमा प्रस्तुत भएका उनले १४ बलमा ३ छक्कासहित २४ रन बनाए । १४.२ ओभरमा टिमको स्कोर १ सय १५ रन हुँदा उनि पाँचौ विकेटका रुपमा जोफ्रा आर्चरको बलमा आउट हुन् पुगेका थिए ।
रसेल आउट भएपछि इयोन मोर्गन र प्याट कमिन्सले इनिङलाई अगाडी बढाएका थिए । यो जोडीबीच छठौ विकेटका लागि ३४ रनको साझेदारी हुन् पुग्दा कोलकतालाई केहि राहत मिलेको थियो । तर १८ औं ओभरको अन्तिम बलमा प्याट कमिन्स टिमको स्कोर १ सय ४९ रन हुँदा व्यक्तिगत १२ रन बनाएर आउट हुन् पुगे ।
यस्तै अविजित रहदै मोर्गनले ३४ रन बनाउँदा कमलेश नगरकोटीले पनि अविजित रहदै ८ रन थपेका थिए ।
बलिङतर्फ राजस्थानका जोर्फा आर्चरले २ तथा अंकित राजपूत, उनादकट ,टम कुरान र राहुल तेवाटियाले समान १/१ विकेट लिएका थिए ।
अब प्रतियोगितामा बिहिबार पन्जावले मुम्बईको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि आबुधाबीस्थित शेख जायद रंगशालामा हुनेछ