![कोलकताबाट राजस्थानलाई मध्यम लक्ष्य प्रस्तुत](https://onlinekhelkhabar.com/wp-content/uploads/KKR-2020-11.jpg)
कोलकताबाट राजस्थानलाई मध्यम लक्ष्य प्रस्तुत
एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो तेस्रो खेलमा कोलकता नाइट राईडर्स कोलकताले राजस्थान रोयल्सलाई ,, मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ ।
कोलकताले मध्यम स्कोर बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान शुभमन गिलले राम्रो ब्याटिङ गरेका थिए ।इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ३४ बलको सामना गर्दै ५ चौका र १ छक्कासहित ४७ रन बनाए । ११.१ ओभरमा टिमको स्कोर ८९ रन हुँदा उनि जोफ्रा आर्चरको बलमा क्याच आउट हुन् पुगेका थिए ।
शुभमन आउट हुनुअघि टिमले पहिलो विकेटका रुपमा सुनिल नारायणलाई १५ रन र नितिश रानालाई २२ रनमा गुमाएको थियो ।
यसपछि भने कोलकताले कप्तान दिनेश कार्तिकलाई पनि चौथो विकेटका रुपमा मात्र १ रनमा गुमाएपछि टिम केहि दबाबमा आएको देखिएको थियो । त्यसबीचमा आन्द्रे रसेलले केहि आशा भने नदेखाएका होइनन् तर उनले पनि ठूलो पारी खेल्न सकेनन् ।
सुरुवातबाटै आक्रमक रुपमा प्रस्तुत भएका उनले १४ बलमा ३ छक्कासहित २४ रन बनाए । १४.२ ओभरमा टिमको स्कोर १ सय १५ रन हुँदा उनि पाँचौ विकेटका रुपमा जोफ्रा आर्चरको बलमा आउट हुन् पुगेका थिए ।
रसेल आउट भएपछि इयोन मोर्गन र प्याट कमिन्सले इनिङलाई अगाडी बढाएका थिए । यो जोडीबीच छठौ विकेटका लागि ३४ रनको साझेदारी हुन् पुग्दा कोलकतालाई केहि राहत मिलेको थियो । तर १८ औं ओभरको अन्तिम बलमा प्याट कमिन्स टिमको स्कोर १ सय ४९ रन हुँदा व्यक्तिगत १२ रन बनाएर आउट हुन् पुगे ।
यस्तै अविजित रहदै मोर्गनले ३४ रन बनाउँदा कमलेश नगरकोटीले पनि अविजित रहदै ८ रन थपेका थिए ।
बलिङतर्फ राजस्थानका जोर्फा आर्चरले २ तथा अंकित राजपूत, उनादकट ,टम कुरान र राहुल तेवाटियाले समान १/१ विकेट लिएका थिए ।
अब कोलकताले दिएको १ सय ७५ रनको विजयी चुनौतीलाई पछ्याउदै राजस्थानले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ । यसअघि प्रतियोगितामा दुवै टिमले समान २/२ खेल खेलेका छन् । जसमध्य राजस्थानले दुवै खेल जितेको छ भने कोलकताले एक खेल जितेको छ ।