onlinekhelkhabar.com

Complete website for Nepali Sports News

जितको ह्याट्रिक गर्ने सोचमा राजस्थान

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत प्रतियोगिताको १२ औं खेलमा आज अंकतालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले पुछारबाट दोस्रो स्थानमा रहेको कोलकता नाइट राईडर्स कोलकताको सामना गर्दैछ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । यसपटकको उपाधि दाबेदारको रुपमा हेरिएको राजस्थानले जारी प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ । हालसम्म २ खेल खेलेको राजस्थानले दुवै खेलमा जित हासिल गरेको छ ।

राजस्थानले पहिलो खेलमा तीनपटकको च्याम्पियन तथा साविकको उप -विजेता समेत रहेको चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलाभेन पन्जावलाई ४ विकेटले पराजित गरेको थियो । दुवै खेलमा राजस्थानलाई ब्याटिङनै जितको ठूलो आधार बनेको थियो । जून राजस्थानको पहिलो पक्ष पनि हो ।

राजस्थानले चेन्नईसँगको खेलमा २ सय १६ रन बनाएको थियो । जसमा चेन्नई २ सय रनमा सिमित हुन् पुगेको थियो। यसपछि दोस्रो खेलमा पन्जावले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्यलाई राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।यसरी प्रारम्भिक दुई खेललाई नियाल्दा राजस्थानको ब्याटिङ कुन किसिमको छ भन्ने सजिल्यै अनुमान गर्न सकिन्छ ।

राजस्थानका लागि कप्तान स्टिभ स्मिथसहित सन्जु स्यामसनलगायत अन्य खेलाडीहरुले टिमको विश्वासमाथि खरो उत्रिरहेका छन् । जून राजस्थानका लागि सुखद पक्ष हो ।

यता राजस्थानसँग आज आमने सामने हुन् लागेको कोलकताको भने प्रतियोगितामा त्यति राम्रो प्रदर्शन हुन् सकेको छैन् ।पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको कोलकताले दोस्रो खेलमा भने हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो ।यसरी हालसम्म प्रदर्शन र टिमलाई हेर्दा आज हुन् गईरहेको खेलमा राजस्थाननै हाबी हुने प्रबल सम्भावना रहेको छ ।

यदी कोलकताले जित निकाल्ने हो भने राजस्थानको बलियो पक्षमाथि ठूलो अभ्यास गर्नु पर्ने हुन्छ । उसका सुरुवाती खम्बालाई सस्तैमा आउट गरेमा मात्र कोलकताको सम्भावना रहने छ नत्र यसो गर्न असफल रहेमा राजस्थानलाई केहि फरक पर्नेवाला देखिदैन् त्यसको झलक राजस्थानले देखाई सकेको छ ।