आईपीएल अंकतालिकामा एक नजर

आईपीएल अंकतालिकामा एक नजर

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत अहिलेसम्म लिग चरणका ११ वटा खेल सकिसकेको छ यसरी ११ वटा खेल सकिदै गर्दा अंकतालिका हेर्न लायक बन्दै गएको छ ।

यसअघिका संस्करणमा पुछारबाट आउँने टिम अहिले माथि रहदा माथि रहने टिम तल तिर रहेका छन् । विशेषगरी प्रतियोगितामा सदैभ बलिया मानिने मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स अहिलेसम्म अंकतालिकाको तल्लो स्थानमा रहेका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा सन् २००८ को आईपीएल च्याम्पियन राजस्थान रोयल्स रहेको छ ।आईपीएलको पहिलो संस्करणको विजेता राजस्थानलाई यसपटकको उपाधिको प्रबल दाबेदार टोलीको रुपमा लिईएको छ । जस अन्तर्गत राजस्थानको सुरुवात पनि राम्रो हुँदै गएको छ हालसम्म २ खेल मात्र खेलेको राजस्थानले दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

यस्तै दोस्रो स्थानमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स रहेको छ । हालसम्म ३ खेल खेलेको दिल्लीले ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । दिल्लीले सुरुवाती दुई खेलमा जित निकाल्दा तेस्रो खेलमा भने हैदराबादसँग १५ रनले पराजित हुन् पुगेको थियो ।

यता समान ३ खेलनै खेलेको विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंक जोडेको पन्जाव चौथों स्थानमा रहेको छ ।

पाँचौ स्थानमा मुम्बई र छठौ स्थानमा हैदराबाद रहदा सातौँ स्थानमा कोलकता र अन्तिममा चेन्नई सुपर किंग्स रहेको छ ।यी सबैको समान २/२ अंक रहेको छ ।