राशिद प्लेयर अफ द म्याच घोषित

राशिद प्लेयर अफ द म्याच घोषित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत ११ औं खेलमा सानदार बलिङ गरेका सनराइजर्स हैदराबादका स्टार अफगानी लेग स्पिनर राशिद खान खेलको प्लेयर अफ म्याच घोषित भएका छन् ।

मंगलबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो । जसमा राशिदको प्रदर्शन निकै तारिफयोग्य रहेको थियो । अझ भन्ने हो भने जारी प्रतियोगितामा हैदराबादले पहिलो जित निकाल्ने क्रममा उनि मुख्य शुत्रधार बनेका थिए ।

आबुधाबी स्थित शेख जायद क्रिकेट रंगशालामा भएको खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ४७ रनमा सिमित हुन् पुगेको पुगेको थियो ।

यसअघि दिल्लीले लगातार दुई खेलमा जित हासिल गरेको थियो । यसरी दिल्लीको अपराजित यात्रामा ब्रेक लगाउन राशिदले सानदार प्रदर्शन गरेका गरे । उनले दिल्लीको महत्वपूर्ण तीन खेलाडीलाई पभेलियनको बाटो देखाईदिएका थिए । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले मात्र १४ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

उनको बलमा दिल्लीका सिखर धवन ३४ रन , कप्तान श्रेयस अय्यर १७ रन र रिषभ पन्त २८ रन बनाएर आउट हुन् पुगेका थियो । दिल्लीका यी तीन ब्याट्सम्यानले ठूलो पारी खेल्न असमर्थ भएपछि अन्तत : हैदराबादलाई त्यो जितको लागि ठूलो आधार बन्यो ।

राशिदले जारी प्रतियोगितामा ३ खेलबाट ४ विकेट लिईसकेका छन् र उनि अहिले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सातौँ स्थानमा रहेका छन् ।