दिल्लीविरुद्व हैदराबादले सुरुमा ब्याटिङ गर्ने : सन्दीप आज पनि बेन्चमै

दिल्लीविरुद्व हैदराबादले सुरुमा ब्याटिङ गर्ने : सन्दीप आज पनि बेन्चमै

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत ११ औं खेलमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन् ।

आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा भर्खरै भएको टसमा टस जितेर दिल्लीले सुरुमा बलिङ गर्ने निर्णय गरेको छ । योसँगै हैदराबादले सुरुमा ब्याटिङ गर्नेछ । यता यस खेलमा पनि नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अन्तिम -११ मा स्थान बनाउन् असफल रहे ।

अघिल्लो संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को प्ले अफ सम्म स्थान बनाएको दिल्लीले यसपटक नयाँ सिजनमा पनि राम्रो प्रदर्शन गर्दै आएको छ ।

हालसम्म प्रतियोगितामा दुई खेल खेलेको दिल्लीले पहिलो खेलमा किंग्स इलाभेन पंजावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा साविकको उप विजेता समेत रहेको चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । विशेष गरी चेन्नईमाथिको जितले दिल्लीलाई अझ हौसला मिलेको छ । र सोही लयलाई यस तेस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ ।

यता आईपीएलमा दिल्लीको राम्रो प्रदर्शन हुँदै गर्दा हैदराबादको भने सुरुवात खल्लो हुन् पुगेको छ । हालसम्म दुई खेल खेलिसकेको हैदराबाद दुबै खेलमा पराजित हुन् पुगेको छ । हैदराबाद पहिलो खेलमा बेंगलोरसँग १० रनले र दोस्रो खेलमा कोलकतासँग ७ विकेटले पराजित भएको थियो ।

यसरी हालसम्मको प्रदर्शन र टिमको अवस्था हेर्दा हैदराबादमाथि दिल्ली हाबी हुने उच्च सम्भावना देखिन्छ ।

सनराइजर्स हैदराबाद (प्लेइग ११ ): डेविड वार्नर , जोनी बेयरस्टो , केन विलियमसन, मनीष पाण्डे , अब्दुल समद, अभिषेक शर्मा, प्रियम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, के खलील अहमद र नटराजन

दिल्ली (प्लेइग-११ ) : पृथ्वी शा , शिखर धवन, ऋषभ पंत , श्रेयस अय्यर , शिमरोन हेटमेयर, मार्कस स्टोइनिस, एक्सर पटेल, अमित मिश्रा, कैगिसो रबाडा, इशांत शर्मा र एनरिच नॉर्टजे