onlinekhelkhabar.com

Complete website for Nepali Sports News

उच्च लयमा रहेको दिल्लीले आज हैदराबादको सामना गर्दै

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले आफ्नो तेस्रो खेलमा आज सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा हुने खेलमा दिल्ली तेस्रो जितको खोजीमा रहने छ । अघिल्लो संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को प्ले अफ सम्म स्थान बनाएको दिल्लीले यसपटक नयाँ सिजनमा पनि राम्रो प्रदर्शन गर्दै आएको छ ।

हालसम्म प्रतियोगितामा दुई खेल खेलेको दिल्लीले पहिलो खेलमा किंग्स इलाभेन पंजावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा साविकको उप विजेता समेत रहेको चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । विशेष गरी चेन्नईमाथिको जितले दिल्लीलाई अझ हौसला मिलेको छ । तसर्थ जून दिल्लीले सुरुवाती लय देखाएको छ । र सोही लयलाई तेस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ ।

यता आईपीएलमा दिल्लीको राम्रो प्रदर्शन हुँदै गर्दा आज आमने सामाने हुन् लागेको हैदराबादको भने सुरुवात खल्लो हुन् पुगेको छ । हालसम्म दुई खेल खेलिसकेको हैदराबाद दुबै खेलमा पराजित हुन् पुगेको छ । हैदराबाद पहिलो खेलमा बेंगलोरसँग १० रनले र दोस्रो खेलमा कोलकतासँग ७ विकेटले पराजित भएको थियो ।

यसरी हालसम्मको प्रदर्शन र टिमको अवस्था हेर्दा हैदराबादमाथि दिल्ली हाबी हुने उच्च सम्भावना देखिन्छ । यता दिल्लीमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आजको यस खेलमा खेल्ने सम्भावना भने कम देखिएको छ । यसअघिका दुई खेलमा पनि उनि अन्तिम -११ मा पर्न सकेका थिएनन् ।टिमको प्रदर्शनका कारण पनि उनि अन्तिम ११ मा पर्न अझै कुर्नु पर्ने धेरैले अनुमान गरेका छन् ।