विराट फेरी असफल

विराट फेरी असफल

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान तथा महत्वपूर्ण ब्याट्सम्यान विराट कोहली आफ्नो तेस्रो खेलमा पनि चल्न सकेनन् ।

खराब लयमा देखिएका विराट सोमबार भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा पनि सस्तैमा आउट हुन् पुगे । ११ बलको सामना गरेका उनले मात्र ३ रन बनाएका थिए ।

त्यसअघि सनराइजर्स हैदराबादसँगको पहिलो खेलमा पनि उनले मात्र १४ रन बनाउँदा किंग्स इलाभेन पन्जावसँगको दोस्रो खेलमा पनि १ रनमा आउट हुन् पुगेका थिए ।

यसरी लगातार तीन खेलमा सस्तैमा आउट भएपछि उनको अहिले सबत्र चर्चा परिचर्चा हुन् थालेको छ । उनको निराशाजनक प्रदर्शनले गर्दा उनका सुभचिन्तक तथा समर्थकलाई अहिले ठूलो चिन्ताले सताएको छ ।

यता टिमले भने प्रतियोगितामा मिश्रित प्रदर्शन गरिरहेको छ । तर टिमलाई अझ बलियो बनाउने हो भने विराट लयमा फर्किनै पर्ने देखिन्छ । विराटको त्यो लयको प्रतिक्षामा बेंगलोर टिम रहेको छ ।

विराट यिनै खेलाडी हुन् जसले आईपीएलमा सर्वाधिक धेरै रन बनाएका छन् । सर्वाधिक धेरै रन बनाउने सूचीको अग्रस्थानमा रहेका विराटले १ सय ८० खेल खेल्दै ५ शतक र ३६ अर्धशतकसहित ५ हजार ४ सय ३० रन बनाईसकेका छन् ।