मुम्बईले टस जित्यो : सुरुमा बेंगलोरले ब्याटिङ गर्ने
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत १० औं खेलमा बेंगलोरले सुरुमा ब्याटिङ गर्ने भएको छ ।
भर्खरै दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा टस जितेर मुम्बईले सुरुमा बलिङ गर्ने निर्णय गरेसँगै बेंगलोरले सुरुमा ब्याटिङ गर्ने भएको हो ।
प्रतियोगितामा यसअघि मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मुम्बईले कोलकता नाइट राईडर्सलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा ४९ रनले पराजित गरेको थियो ।
बेंगलोरले भने पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । तर दोस्रो खेलमा भने बेंगलोरले लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो । लज्जास्पद हार व्यहोर्ने क्रममा बेंगलोर पंजावसँग ९७ रनले पराजित हुन् पुगेको थियो ।
यस अर्थमा पनि बेंगलोरलाई यो खेल अझ विशेष रहने छ । अघिल्लो खेलमा भएको प्रदर्शनलाई भुलाउन पनि बेंगलोर यो खेलमा मुम्बईलाई जसरी पनि हराउने सोचका साथ मैदानमा उत्रिएको छ । तर यसो भन्दै गर्दा राम्रो लयमा देखिएको मुम्बईविरुद्व बेंगलोरका लागि साचिक्कै अग्नि परिक्षा हुनेछ ।
यता अंकतालिकामा मुम्बई अहिले २ अंकसहित चौथो स्थानमा रहेको छ भने समान २ अंक रहेको बेंगलोर पुछारबाट दोस्रो स्थानमा रहेको छ । अंकतालिकाको शीर्षस्थानमा भने नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स रहेको छ । प्रतियोगितामा हालसम्म २ खेल खेलेको दिल्लीले दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेको छ ।