
राजस्थानको अविश्वसनीय जितमा सानदार कीर्तिमान
एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो दोस्रो खेलमा किंग्स इलाभेन पञ्जाबलाई हराएको राजस्थान रोयल्सले आईपीएल इतिहासमा सानदार कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएको छ ।
कीर्तिमानी प्रदर्शन गर्ने क्रममा राजस्थान आईपीएलमा सर्वाधिक ठूलो लक्ष्यलाई पूरा गर्ने टिम बनेको छ । सन् २००८ देखि सुरु भएको आईपीएलमा राजस्थानलेनै पहिलो संस्करणमै डेकन चाजर्सविरुद्ध २ सय १५ रनको चुनौतीलाई पार गरेको थियो । स्मरणीय रहोस् यस संस्करणको च्याम्पियन समेत राजस्थान रोयल्सनै बनेको थियो । त्यसपछि भने राजस्थानले उपाधि उचाल्न सकेको छैन । र अहिले आएर १२ वर्ष पछि आफ्नै रेकर्डलाई राजस्थानले ब्रेक गरेको हो ।
आईबार राति शारजाह क्रिकेट मैदानमा भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विजयी चुनौतीलाई राजस्थानले ३ बल बाँकी रहदै ६ विकेट गुमाएर पूरा गरेपछि कीर्तिमानका लागि प्रयाप्त बन्यो ।
टिमलाई महत्वपूर्ण जित दिलाउन राहुल तेवतियाको इनिङलाई भुल्न सकिँदैन । जसरी उनले अविश्वसनीय ब्याटिङ गरे । त्यो आफैमा अदभुत खालको रहेको थियो । सुरुवातमा केही स्लो गतिमा प्रस्तुत भईरहेका उनि अत्यतिर आक्रमण शैलीमा प्रस्तुत हुँदा राजस्थानले सानदार जित निकाल्न सफल भयो ।
राजस्थानको जितको आधार बनेको १९ औं ओभरमा राहुलले ५ छ्क्का समेत प्रहार गरेका थिए भने एक बल डट हुन् पुगेको थियो । उक्त ओभर वेस्ट इन्डिजका शेल्डन कटरेलले गरेका थिए । खेलका नायक सावित हुन पुगेका राहुलले ३१ बलको सामना गर्दै ७ छ्क्काको सहयोगमा ५३ रन बनाएका थिए ।
यस्तै टिमका लागि सन्जु स्यामसनको ८५ रन तथा कप्तान स्टिभ स्मिथले ५० रनको योगदान गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले २ सय २३ रन बनाउने क्रममा पन्जावका लागि मंयक अग्रवालले १ सय ६ रन तथा लोकेश राहुलले ६९ र ग्लेन म्याक्सवेल र निकोलस पुरनले अविजित रहदै क्रमशः १३ र २५ रन बनाएका थिए ।
यता दुई खेल खेलेको राजस्थान दुई खेलमै जित निकाल्दै ४ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । भने पञ्जाब ३ खेलबाट २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।