आईपीएलमा राजस्थानको लगातार दोस्रो जित
एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा लगातार दोस्रो जित हासिल गरेको छ ।
प्रतियोगिता लगातार दोस्रो जित हासिल गर्ने क्रमम राजस्थानले आईतबार राति किंग्स इलाभेन पञ्जाबलाई ४ विकेटले पराजित गर्यो । यसअघि राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा पञ्जाबको भने यो दोस्रो हार हो ।यसअघि पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । भने दोस्रो खेलमा बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो ।
यता खेलमा पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विजयी चुनौतीलाई पछ्याएको राजस्थान उक्त चुनौतीलाई १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
विशाल योगफल पछ्याएको राजस्थानले सुरुवातबाटै राम्रो गरेको थियो । राजस्थानले ओपनर ब्याट्सम्यान जोस बटलरलाई ४ रनलाई गुमाएको भएपनि यसबीचमा कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसनले राम्रो ब्याटिङ गरेका थिए ।
यी दुईबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी हुन् पुगेको थियो । ८.६ ओभरमा टिमको स्कोर १ सय रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका स्मिथले ५० रनको योगदान गरे ।
जेम्स निशमको बलमा मोहम्मद शामीको हातबाट क्याच आउट हुन् पुगेका उनले उक्त रन बनाउने क्रममा २७ बलको सामना गर्दै ७ चौका र २ छ्क्का समेत प्रहार गरेका थिए ।
स्मिथ आउट भएपछि सन्जुलाई साथ दिन राहुल तेवरिया मैदानमा आए । जसमा यी दुईबीच तेस्रो विकेटका लागि ६१ रनको साझेदारी हुन् पुग्दा टिमलाई केही सहज हुन् पुगेको थियो ।
तर १६.१ ओभरमा टिमको स्कोर १ सय ६१ रन हुँदा राम्रो ब्याटिङ गरिरहेका सन्जु मोहम्मद शामीको बलमा क्याच आउट हुन् पुगे । ४२ बलको सामना गरेका उनले ४ चौका र ७ छ्क्कासहित ८५ रनको योगदान गरे । जुन पारीले राजस्थानलाई जिततर्फ पुर्याउन ठूलो भूमिका निर्वाह गर्यो ।
त्यसपछि रोविन उथप्पाले ९ रन थप्दा राहुलले ५३ रन जोडेपछि राजस्थान जित नजिक पुगेको थियो । र अत्यमा जोफ्रा आर्चरले १३ रन बनाउँदै टिमलाई सानदार जित दिलाए ।
बलिङतर्फ पञ्जाबका मोहम्मद शामीले ३ तथा जेम्स र कट्रेलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर पूरै खेल्दै मात्र २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।
विशाल योगफल बनाउने क्रममा पञ्जाबका लागि ओपनर ब्याट्सम्यानद्वय मंयक अग्रवाल र लोकेश राहुलले सानदार ब्याटिङ गरे ।
यी दुईबीच १ सय ८३ रनको साझेदारी हुन् पुगेको थियो । १६.३ ओभरमा पहिलो विकेटको रुपमा पभेलियन फर्किएका मंयकले आईपीएल करियरकै पहिलो शतक पूरा गरे । टम कुरानको बलमा क्याच आउट हुनुअघि उनले ५० बलको सामना गर्दै १० चौका र ७ छ्क्कासहित १ सय ६ रनको योगदान गरे ।
मंयक आउट भएपछि अर्का ओपनर तथा टिमका कप्तान लोकेश राहुल ब्यक्तिगत ६९ रनमा आउट हुन् पुगेका थिए । १७.६ ओभरमा टिमको स्कोर १ सय ९४ रन हुँदा दोस्रो विकेटको रुपमा आउट हुन् पुगेका उनले ६९ रन बनाउने क्रममा ७ चौका र १ छ्क्का समेत प्रहार गरे । उनि अंकित राजपुतको बलमा क्याच आउट हुन् पुगेका थिए ।
दुई ओपनरले सानदार सुरुवात दिलाएको इनिङलाई ग्लेन म्याक्सवेल र निकोलोस पुरनले अत्य गरेका थिए । जसमा पुरनले २५ बनाउँदा म्याक्सवेलले १३ रन बनाए ।
अब प्रतियोगिता अन्तर्गत सोमबार बेंगलोरले मुम्बईको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दुबई अन्तर्राष्ट्रिय रंगशालामा राति पौने ८ बजेपछि सुरु हुनेछ ।