onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पञ्जाबको सानदार ब्याटिङ : राजस्थानले पायो विशाल विजयी चुनौती

एजेन्सी । ओपनर ब्याट्सम्यान मंयक अग्रवाल र कप्तान लोकेश राहुलको उत्कृष्ट ब्याटिङको मद्धतमा किंग्स इलाभेन पञ्जाबले राजस्थान रोयल्सलाई विशाल विजयी चुनौती प्रस्तुत गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर पूरै खेल्दै मात्र २ विकेट गुमाएर २ सय २३ रन बनाएको छ ।

विशाल योगफल बनाउने क्रममा पञ्जाबका लागि ओपनर ब्याट्सम्यानद्वय मंयक अग्रवाल र लोकेश राहुलले सानदार ब्याटिङ गरे ।

यी दुईबीच १ सय ८३ रनको साझेदारी हुन् पुगेको थियो । १६.३ ओभरमा पहिलो विकेटको रुपमा पभेलियन फर्किएका मंयकले आईपीएल करियरकै पहिलो शतक पूरा गरे । टम कुरानको बलमा क्याच आउट हुनुअघि उनले ५० बलको सामना गर्दै १० चौका र ७ छ्क्कासहित १ सय ६ रनको योगदान गरे ।

मंयक आउट भएपछि अर्का ओपनर तथा टिमका कप्तान लोकेश राहुल पनि ब्यक्तिगत ६९ रनमा आउट हुन् पुगे । १७.६ ओभरमा टिमको स्कोर १ सय ९४ रन हुँदा दोस्रो विकेटको रुपमा आउट हुन् पुगेका उनले ६९ रन बनाउने क्रममा ७ चौका र १ छ्क्का समेत प्रहार गरे । उनि अंकित राजपुतको बलमा क्याच आउट हुन् पुगेका थिए ।

दुई ओपनरले सानदार सुरुवात दिलाएको इनिङलाई ग्लेन म्याक्सवेल र निकोलोस पुरनले अत्य गरेका थिए ।जसमा पुरनले २५ बनाउँदा म्याक्सवेलले १३ रन बनाए ।

अब पञ्जाबले दिएको २ सय २४ रनको विजयी चुनौतीलाई पछ्याउँदै राजस्थानले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्