बिश्वकप छनोट मा नेपाल को हङकङ माथी शानदार जित : जित सगैँ एकदिवसीय मान्यता प्राप्त गर्न निकै नजिक

बिश्वकप छनोट मा नेपाल को हङकङ माथी शानदार जित : जित सगैँ एकदिवसीय मान्यता प्राप्त गर्न निकै नजिक

फागुन २८ काठमाडौ , अनलाईन खेलखबर | जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत मा आज भएको समूह चरण को अन्तिम खेल मा नेपाल ले हङकङ लाई ५ विकेट ले पराजित गरेको छ ।

यो जित सगै नेपाल समूह को चौथो स्थान मा उक्लिदै मार्च १५ मा पपुवा न्युगिनी सगँ प्ले अफ लागि छनोट भएको छ , जुन एकदिबसिय मान्यता को प्रबेशद्रार रहेको छ । उक्त खेल मा बिजेता ले प्रतियोगिता मा ७ औँ स्थान प्राप्त गर्नेछ यदि नेदरल्यान्ड भएको खन्डमा पनि आठौं हुने ले पनि स्वत रुपमा उत्कृष्ट ३ एसोसियट मा रहदै ४ बर्ष को लागि एकदिबसिय मान्यता प्राप्त गर्नेछ । यहाँ स्मरण रहोस नेदरल्यान्ड बिश्व क्रीकेट लिग को च्याम्पियन रहेको हुदा उसले सिदैँ एकदिबसिय मान्यता पाईसकेको थियो भने समूह “ए ” बाट सुपर सिक्स मा प्रबेश गरेको स्कटल्याण्ड ले यस अगि नै मान्यता पाएको थियो र युएई ले पनि पाउने लगभग तय भैसकेको अवस्था छ ।

१ सय ५४ रनको लक्ष्य पछयाएको नेपाल ले उक्त लक्ष्य ४०.४ ओवर मा ५ विकेट गुमाएर भेटायो जसमा रोहित कुमार पौडेल को उत्कृष्ट पारी अबिजित ४८ रनको पारी महत्त्वपूर्ण रहयो यस्तै अर्का ब्याटसम्यान सोमपाल कामी ले पनि एक उत्कृष्ट पारी खेले उनले ४० बलको सामना गर्दै अबिजित ३७ रन को योगदान दिएका थिए , र यो जोडि ने नेपाल लाई एकदिबसिय मान्यता को नजिक पुर्याएका छ्न , आज सुरुवात नेपाल् ले बिस्पोटक तरिका ले अगाडि बढाएको थियो ओपनर अनिल कुमार शाह लाई २६ रन मा गुमाए पछि नेपाल को ब्याटिङ क्रमश कमजोर बन्दै गएको थियो यसै क्रम मा ज्ञानेन्द्र मल्ल १२ रन कप्तान पारस खडका ११ , दिपेन्द्र सिहँ एरि ले १२ बनाएका थिए भने आरिफ शेख ले मात्र २ रन बनाएका थिए , यस पछि रोहित र सोमपाल को एक उत्कृष्ट साझेदारी ले नेपाल लाई महत्त्वपूर्ण खेल मा जित हासिल प्राप्त भएको छ ।

यस अगि जिम्बाबे को बुलावायो क्रीकेट मैदान मा आज टस जितेर हङकङ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जस अनुसार उसले ४८.२ ओवर मा अलआउट हुँदै १ सय ५३ रन बनाउन सफल भयो । जसमा निजाकत खान बाहेक अन्य कुनै ब्याट्सम्यान ले दोहोरो अकँ जोडन सकेनन , निजाकत ले ८४ बलको सामना गर्दै ४७ रन बनाएका थिए यस्तै बाबर हायत ले २० रनको योगदान दिए उनले १६ बल सामना गर्दै सोमपाल कामी को बलमा क्याच आउट हुन पुगेका थिए । सुरुवाती २४ रन हुदा पहिलो विकेट गुमाएको हङकङ ले क्रमश आफ्नो बिकेट गुमाउदै गएको थिए । ओपनर क्याटर ९ रन मा पहिलो बिकेट को हङकङ ले गुमाएको थियो । यस्तै अन्सुमन राथ ले ४ रन , शाहिद वासिफ १ रन बनाउदा सिमनदिप शिँह ले ४ रन बनाए यस्तै तनबिर अफजल ले १० रन बनाएका थिए । यस्तै अन्तिम तिर ईशान नवाज र ईशान खान ले हङकङ को पारी लाई उकास्ने कोसिस गरे जस अनुसार ईशान नवाज ले १३ रन बनाए भने ईशान खान ले महत्त्वपूर्ण २५ रनको योगदान गरेका थिए ।

यता बलिङ तर्फ भने नेपाल का लागि सन्दिप लामिछाने ले ३ विकेट लिए , वसन्त रेग्मी ले २ विकेट लिए भने करन केसि ले २ विकेट हात पार्दा सोमपाल र ललित राजबंशी को ले १/१ विकेट लिएका थिए ।

नेपाल को जित मा नेपाल सगैँ अर्को भाग्यमानी अफगानिस्तान साबित भएको छ , समान २ /२ अकं भएपनी नेट् रनरेट मा माथी रह्दै अफगानिस्तान सुपर सिक्स मा प्रबेश गरेको छ । यता अगि नेपाल जिम्बावे, स्कटल्याण्ड र अफ्गानस्तानसँग नेपाल पराजित हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *