मयंक अग्रवालको आईपीएलमा पहिलो शतक पूरा

मयंक अग्रवालको आईपीएलमा पहिलो शतक पूरा

एजेन्सी । भारतीय चर्चित खेलाडी मयंक अग्रवालले इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पहिलो शतक प्रहार गरेका छन् ।

सन् २०११ बाट आईपीएल खेल्न सुरुवात गरेका उनले यसपटक युएईमा जारी आईपीएलको आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक पूरा गरेका हुन् ।

उनले शतक पूरा गर्ने क्रममा ४५ बलको सामना गर्दै ९ चौका र ७ छ्क्का समेत प्रहार गरे ।

जारी प्रतियोगितामा उनको शतक पहिलो समेत हो । यस्तै आईपीएलको आफ्नो करियरमा उनले यसअघि ७ पटक अर्धशतक पूरा गरेका थिए ।

पञ्जाबबाट ओपनिङ ब्याटिङ गर्ने उनले यसअघि प्रतियोगिताको पहिलो खेलमा दिल्लीविरुद्ध ८९ रनको पारी खेलेका थिए । भने दोस्रो खेलमा बेंगलोरविरुद्ध २६ रन बनाएका थिए । शतकीय पारी खेलेका राजस्थान विरुद्ध उनले १ सय ६ रन बनाए । उक्त रन बनाउने क्रममा उनले ५० बलको सामना गर्दै १० चौका र ७ छ्क्का प्रहार गरेका थिए ।