onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दुख: पीडा लुकाउने खेलाडी : जो अन्तिम आशमा रहेका छन्

विज्ञान कार्की ( अनलाइन खेल खबर ) । बे मौसमी वर्षा,अविरल पानि परिरहेको छ । मोरङ जिल्लास्थित विराटनगरको एउटा सानो घरमा बस्छन् क्रिकेट खेलाडी पुष्प थापा । जो आफ्नो समेत होईन् , जति जति पानि पर्छ उनलाई थप पीडाबोध गराउँछ । कारण कयौंपटक घर डुबानमा समेत परेको छ । सानो घर छ । पूरानो जस्तो देखिने जस्ताले कभर गरिएको छ । लाग्छ जूनसुकै बेला जे पनि हुन् सक्छ ।

हो यहीँ घरमा बस्छन् पुष्प ,यसले पनि पुष्पको अवस्थालाई मुल्यांकन गर्न आधार बन्छ होला ।पुष्प नेपाली क्रिकेटमा उल्लेखनीय नाम हो । लामो समय भएछ क्यार ! उनि क्रिकेटमै समर्पित भएको । सानै देखि क्रिकेटमै होमिए । क्रिकेटबाहेक अन्य कुरामा मन लागेंन । त्यसको फल स्वरूप उनले क्रिकेटलाईनै करियर बनाउँने सोचका साथ अघि बढी रहे – बढी रहे । सामान्य अवस्थाबाट सुरु गरेका उनलाई क्रिकेट मोहले क्रमश : तान्दै पनि लग्यो ।

जति उनले क्रिकेटमा राम्रो गर्दै गए । उनलाई थप उर्जा र हौसला प्रदान हुँदै गयो । उनलाई थप जिम्बेवारी बनाउँदै लग्यो । उनले त्यस क्रममा सन् २००८ मा मलेसियामा भएको यू-१९ विश्वकपमा समेत नेपालबाट प्रतिनिधित्व गरे । त्यसबेला अहिलेका राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल तथा पूर्व कप्तान पारस खड्का,अनिल मण्डल,महेश क्षेत्री लगायतका खेलाडीहरु नेपाली टोलीमा रहेका थिए ।

कुल १६ टिमको सहभागिता रहेको उक्त विश्वकपमा नेपाल प्लेटतर्फ फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा नेपाल वेस्ट इन्डिजसँग ७ विकेटले पराजित भएको थियो ।

त्यसपछि उनले क्रिकेटलाई अझ निरन्तरता दिन थाले । यसबीचमा उनले कयौं घरेलु प्रतियोगितामा समेत सहभागी जनाए । केहिमा उत्कृष्ट प्रदर्शन समेत गरे । उनि नेपालका फेन्चाईज क्रिकेट लिगमा समेत खेल्दै आएका छन् । पछिल्लोपटक सुनसरीको इनरुवामा भएको मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले प्रदेश १ को कप्तानी समेत गरेका थिए ।

त्यस क्रममा उनले पहिलो खेलमा बाग्मती प्रदेशविरूद्व अर्धशतकीय पारी खेल्ने क्रममा ५० रनको योगदान गरेका थिए । भने दोस्रो खेलमा प्रदेश ५ विरुद्व २२ रन बनाएका थिए । टिम भने समूह चरणबाटै बाहिरिको थियो ।

यसरी निरन्तर क्रिकेटमै लागिपरेका पुष्प मैदान भित्र सदैभ हसिलो मुहारसहित देखिने खेलाडीमा पर्छन् । मेहनति र मिलनसार यिनै पुष्पको भने मैदान भित्रको अवस्था र बाहिरी दिनचर्या भने धेरै फरक रहेको छ । उनि यस कुरालाई ब्यक्त पनि गर्न चाहदैनन् ३० वर्षिय पुष्प यसलाई पनि जिवनको एउटा संघर्षको पलको रुपमा लिने गर्छन् ।

कति उनिसँगै खेल्ने साथी तथा खेलाडीलाई पनि थाहा छैन् । संघर्षका यी क्षणहरु दुख: पीडालाई भुल्दै उनि निरन्तर आफ्नो यात्रामा अघि बढिरहेका छन् । पिता कुल बहादुर थापा र माता उमादेवी थापाको कान्छो सन्तानको रुपमा रहेका उनलाई परिवारबाट भने पूर्ण साथ र सहयोग रहेको छ । जून उनका लागि ठूलो हौसला समेत हो ।

केहि समय सम्म रेक्सा चलाएर पुष्पलाई क्रिकेट खेल्न बुबाले सदैभ प्रेरित गरिरहनु भयो । अहिले भने सबै घरको जिम्बेवारी पुष्पलेनै हेर्ने गर्छन् । घरमा बुबा आमासहित श्रीमती र एक छोराको अभिभावक बनेका छन् पुष्प ! जिम्बेवारीकै कारण उनले आफ्नो खेलाडी जीवनलाई पूर्ण विराम लगाउने सोच बनाएका छन् ।

त्यसका लागि यसबीचमा अन्य वैकल्पिक बाटोको खोजी नगरेका भने होइनन् तर उनको भित्रि मन भने क्रिकेटमा रही रहू भन्ने लागिरहन्छ । उनको रगतमा क्रिकेट दौडिएको छ । क्रिकेटनै हो उनको जिवनको खुशी दिने साहारा ,त्यसैले क्रिकेटमा रहिँ रहन लागि अब उनले प्रशिक्षकको भूमिकामा रहेर काम गर्ने सोच बनाएका छन् ।

हालै नेपाल क्रिकेट संघ (क्यान ) ले मुख्य प्रशिक्षक सहित नेपालका ७ प्रदेशमा प्रशिक्षकका लागि आवेदन माग गरेको छ । त्यसमा पुष्पले पनि आवेदन दिएका छन् । लामो समय क्रिकेटमा योगदान पुर्याएको र अनुभवीका आधारले पनि उनि उपयुक्त हुने देखिन्छन् ।

यता पुष्प यसलाई आफ्नो अन्तिम आशाको रुपमा चित्रण गर्छन् र आशावादी पनि देखिन्छन् । सकारात्मक छन् । प्रदेश क्रिकेटको विकास साचिक्कैनै गर्ने हो भने क्यानले पनि यी यस्ता प्रतिभालाई कदर गर्दै सम्भावनाको ढोकालाई सदैभ खोल्नु पर्ने क्रिकेटलाई नजिकबाट नियाल्ने जानकारहरु बताउने गर्छन् ।

यदी पुष्प र सुभचिन्तकले सोचे अनुरुप भई दिएमा उनलाई नेपाली क्रिकेटमा देखि रहन पाईने छ । होईन् भने अन्य जस्तै एक प्रतिभालाई नेपाली क्रिकेटले गुमाउँने छ । यसो हुन् नदिनु जिम्बेवार संघको दाहित्व हुनेगर्छ ।

यत्रो वर्ष क्रिकेट खेलिस के पाईस !

कोठा भरी विभिन्न प्रतियोगितामा जितेका ट्रफी , प्रमाण पत्रहरु भरी भराउ छ । उनि अनेकौं पटक घरेलु प्रतियोगिताको विजेताका साचीँ बनेका छन् । लामो समय क्रिकेटमा बिताएर पनि हुन् सक्छ । उनको कोठा भरी यस्तै यस्तै कुराहरु चारैतिर छन् । जसलाई उनले जतनका साथ् सजायर राखेका छन् । एउटा खेलाडीको लागि यी कुराहरुले निकै ठूलो अर्ध राख्ने गर्छ र उत्तिकै गर्व र माया पनि ।

यसरी देशको नाम राख्न अहोरात्र खटिने पुष्प लगायत धेरै खेलाडीले सामना गर्नु पर्ने एउटै कुरा हो यत्रो वर्ष खेलिस केहि पाईस ! जसमा पुष्प पनि अछुतो छैनन् । उनलाई धेरैले यस्तै यस्तै कुरा सुनाई रहन्छन् । उनीहरुको कुरा पनि ठिकै हो क्रिकेटलाई यत्रो समय दिएपछि उनि अहिलेसम्म घरविहिनसँगै अन्य कठिनाईसँगै जुझिरहेका छन् । पीडा अनेक छ । आर्थिक रुपमा जिवन चलायमान बनाउँन पनि धौ -धौँ भईरहेको छ ।

तै पनि सुभ चिन्तक र समर्थकहरुले सदैभ माया र हौसला दिई रहे । जून उनिमा क्रिकेट क्षेत्रमा टिकी रहन साहारा बन्यो । हरेस खाएनन । सुरुवात देखि नेपाली क्रिकेटलाई योगदान पुर्याउछु भन्ने उनले खाएको सुरुको सपथमा उनि बिचलित भएनन् । तर अहिले माहोल परिवर्तन भएको छ । उनिमा घर परिवारको जिम्बेवारी बढेसँगै यी यस्ता कुराको स्रोत जुटाउन परिरहेको छ । त्यसका लागि क्रिकेट स्रोत बनेमा उनलाई पनि ठूलो राहत मिल्नेथियो की !

छोराको सपनामाथि आमा बुबाको साथ

एउटा सफल खेलाडी बन्नका लागि घर परिवारको ठूलो हात हुने गर्छ । अझ विशेषगरी आफूलाई जन्मदिने आमा –बुबाको यसमा भने पुष्प भाग्यमानि छोराको रुपमा आफूलाई पाउँछन । उनलाई क्रिकेटमा सदैभ प्रेरित परिवारबाट रहि रह्यो । त्यसैले पनि हुन् सक्छ उनि यो स्थितिसम्म क्रिकेट खेलिरहे अहिले पनि खेल्दै छन् । क्रिकेटमै लागेर उनका केहि सपनाहरु पूरा भएपनि केहि हुन् बाँकी छन् केहि सपना पूरा नभई तुईएर गए जिवनका विभिन्न चक्रझैँ ।

अब उनको एउटै सपना छ । आफ्नो अधुरो सपनाहरु प्रशिक्षणबाट दिलाउने । राम्रा राम्रा खेलाडीलाई उत्पादन गर्ने र पूर्वलाई पनि क्रिकेट हबको रुपमा जारी राख्ने त्यसका लागि उनि अगाडी बढी सकेका छन् । अब साथ् सहयोग हामिहरुले गर्न आवस्यक छ ।

भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस्