हैदराबादले कोलकतालाई दियो चुनौतीपूर्ण लक्ष्य : मनिष पाण्डेको अर्धशतक

हैदराबादले कोलकतालाई दियो चुनौतीपूर्ण लक्ष्य : मनिष पाण्डेको अर्धशतक

एजेन्सी । मनिष पाण्डेले अर्धशतकीय पारी खेलेपछि इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो दोस्रो खेलमा सनराइजर्स हैदराबादले कोलकता नाइट राईडर्ससामू सम्मानजनक विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

आबुधावीस्थित शेख जायद रंगशालामा जारी खेलमा टस जितेर हैदराबादले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ ।

हैदराबादले यो स्कोर बनाउने क्रममा सुरुवात भने मध्यम गरेको थियो । ३.६ ओभरमा टिमको स्कोर २४ रन हुँदा टिमले ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोलाई सस्तैमा गुमाएको थियो । उनले मात्र ५ रन बनाएका थिए ।

त्यसपछि अर्का ओपनर तथा टिमका कप्तान डेविट वार्नर पनि ३६ रन बनाएर आउट हुन् पुगे । ९.१ ओभरमा टिमको स्कोर ५९ रन हुँदा आउट हुन् पुगेका वार्नरले उक्त रन बनाउने क्रममा ३० बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका थिए ।

वार्नर आउट भएपछि टिमको पारीलाई मनिष पाण्डे र रिद्धिमान साहाको जोडीले अगाडी बढाएका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ६२ रनको साझेदारी हुन् पुगेको थियो ।

तर १७.४ ओभरमा टिमको स्कोर १ सय २१ रन हुँदा मनिष पाण्डे तेस्रो विकेटका रुपमा पभेलियन फर्किए । आन्द्रे रसेलको बलमा आउट हुन् पुगेका उनले ३८ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित ५१ रनको योगदान गरे ।

पाण्डे आउट भएपछि शाहालाइ साथ दिन अफगानिस्तानका स्टार खेलाडी मोहम्मद नबी मैदानमा आएका थिए ।

त्यस क्रममा साहाले ३० तथा नबीले अविजित रहदै ११ रङ बनाए ।

बलिङतर्फ कोलकताका वरुण चक्रवर्ती , प्याट कमिंस र आन्द्रे रसेलले समान १/१ विकेट हात पारेका थिए ।

अब हैदराबादले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी चुनौतीलाई पछ्याउदै कोलकताले अबको केहि बेरपछि जावाफी ब्याटिङ गर्नेछ ।