आज कोलकताले हैदराबादको सामना गर्दै : दुबै टोली पहिलो जितको खोजिमा

आज कोलकताले हैदराबादको सामना गर्दै : दुबै टोली पहिलो जितको खोजिमा

एजेन्सी ।इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा आज शनिबार कोलकता नाईट राईडर्सले सनराईजर्स हैदराबादको सामना गर्दैछ ।

नेपाली समय अनुसार आज राति पौने ८ बजेपछि आबुधाबी स्थित शेख जायद रंगशालामा हुने खेलमा दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् ।

हालसम्म समान एक –एक खेल खेलेका कोलकता र हैदराबाद आफ्नो पहिलो खेलमा पराजित हुन् पुगेका थिए । त्यसअर्थमा पनि आजको यस दुवै टोलीलाई उत्तिकै महत्वपूर्ण रहेको छ ।

पहिलो खेलमा कोलकता साविकको च्याम्पियन्स समेत रहेको मुम्बई इन्डियन्ससँग फराकिलो अन्तरले पराजित हुने क्रममा ४९ रनले पराजित हुन् पुगेको थियो । खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी चुनौतीलाई पछ्याएको कोलकता १ सय ४६ रनमा सिमित हुन् पुगेको थियो ।

यस्तै हैदराबाद भने पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरसँग १० रनले पराजित हुन् पुगेको थियो । दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै बेंगलोरले १ सय ६३ रनको योगफल खडा गरेको थियो ।

सामान्य लक्ष्य पछ्याएको भएपनि हैदराबाद १९.४ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमा सिमित हुन् पुग्दा खेल बेंगलोरले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

यसरी पहिलो खेल गुमाएपछि आज हुने दोस्रो खेलमा दुवै टोली पहिलो जित निकाल्न लालाहित देखिनेछन् र सोही रणनीतिका साथ मैदानमा उत्रिने हुँदा खेल पक्कै पनि प्रतिष्पर्दात्मक हुने धेरैले अपेक्षा समेत गरेका छन् ।