विराट कोहलीले जरिवाना तिर्नुपर्ने
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गतको फेन्चाईज टोली रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले १२ लाख भारतीय रुपिए जरिवाना तिर्नु पर्ने भएको छ ।
बिहिबार राति भएको किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा स्लो ओभर गरेको कारण उनले उक्त जरिवाना तिर्नु पर्ने भएको हो ।
उक्त खेलमा बेंगलोर फराकिलो अन्तरले समेत पराजित हुन् पुगेको थियो । एकतर्फी बनेको खेलमा पञ्जाबले बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो।
खेलमा पञ्जाबले प्रस्तुत गरेको २ सय ७ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बेंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा सिमीत हुन् पुगेपछि खेल पञ्जाबले आफ्नो पक्षमा पार्न सफल भएको भयो ।
जसमा बेंगलोरका लागि वाशिंगटन सुन्दरले सर्वाधिक ३० रन बनाउँदा विराट कोहली भने १ रनमा आउट हुन् पुगेका थिए ।
आफ्नो दोस्रो खेलमा पञ्जाबसँग पराजित भएको बेंगलोरले पहिलो खेलमा भने हैदराबादलाई १० रनले पराजित गरेको थियो । र अहिले बेंगलोर अंकतालिकाको छटौंस्थानमा रहेको छ ।
यता प्रतियोगितामा आज शुक्रबार नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिष्पर्दा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।