आईपीएलमा मुम्बईको पहिलो जित
एजेन्सी । कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल ) को आफ्नो दोस्रो खेलमा कोलकता नाइट राईडर्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
कोलकतामाथि फराकिलो जित हासिल गर्ने क्रममा मुम्बईले ४९ रनले पराजित गरेको छ । यसअघि मुम्बई आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो ।
खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोलकता निर्धारित २० ओभर पूरै खेलेपनि ९ विकेट गुमाएर १ सय ४६ रनमा सिमित हुन् पुगेपछि खेल मुम्बईले आफ्नो पक्षमा पार्न सफल भयो ।
कोलकताका लागि प्याट कमिंन्सले सर्वाधिक ३३ रन तथा कप्तान दिनेश कार्तिकले ३० रन बनाए । भने नितिश रानाले २४ र ईयोन मोर्गनले १५ रन बनाएका थिए ।
बलिङतर्फ मुम्बईका लागि ट्रेंट बोल्ट, जेम्स प्याटिनसन, जसप्रीत बुमराह र राहुल चहरले समान २/२ विकेट लिएका थिए भने किरोन पोलार्डले पनि १ विकेट हात पारेका थिए ।
त्यसअघि अबुधावीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय १९ रन बनाएको छ ।
मुम्बईले ठूलो स्कोर बनाउने क्रममा उसका लागि कप्तान रोहित शर्माले सानदार ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ३ चौका र ६ छ्क्काको सहयोगमा ८० रन बनाए ।
रोहितले सानदार इनिङ खेलेपनि अर्का ओपनर विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कोक लाई भने सस्तैमा गुमाएको थियो । शिभम माभीको बलमा आउट हुन् पुगेका उनले मात्र १ रन बनाए । अघिल्लो चेन्नईसँगको खेलमा भने उनले ३३ रन बनाएका थिए ।
क्विन्टन डि कोक आउट भएपछि रोहितलाई साथ दिन सुर्यकुमार यादव मैदान प्रवेश गरे । जसमा यादबले पनि राम्रो ब्याटिङ गर्दा यी दुईबीच दोस्रो विकेटका लागि ९० रनको साझेदारी हुन् पुग्यो ।
१०.५ ओभरमा टिमको स्कोर ९८ रन हुँदा रन आउट हुन् पुगेका उनले मात्र २८ बलको सामना गर्दै ६ चौका र १ छ्क्कासहित ४७ रन बनाए ।
यादव आउट भएपछि सौरभ तिवारी पनि २१ रन बनाएर सुनिल नारायणको बलमा आउट हुँदै पभेलियन फर्किए ।
त्यसपछि रोहित र हार्दिक पांड्याले इनिङलाई अगाडी बढाए । तर १७.५ ओभरमा टिमको स्कोर १ सय ७७ रन हुँदा कप्तान रोहित चौथो विकेटका रुपमा शिभव माभिको बलमा प्याट कमिंन्सको हातबाट क्याच आउट हुन् पुगे ।
यता हार्दिकले १८ रन बनाउँदा किरोन पोलान्डले पनि अविजित रहदै १३ रन बनाएका थिए ।
बलिङतर्फ कोलकताका शिभव माभिले २ तथा सुनिल नारायण र एन्द्रे रसेलले समान १/१ विकेट लिएका थिए ।
यता प्रतियोगिता अन्तर्गत आज बिहिबार किंग्स इलाभेन पन्जावले बेंगलोरको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबईमा हुनेछ