आईपीएलमा दिल्लीको विजयी सुरुवात : सुपर ओभरमा पञ्जाब पराजित

आईपीएलमा दिल्लीको विजयी सुरुवात : सुपर ओभरमा पञ्जाब पराजित

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा विजयी सुरुवात गरेको छ ।

आईतबार राति भएको प्रतियोगिताको दोस्रो खेलमा दिल्लीले जित हासिल गर्ने क्रममा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ५८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ५७ रनमा सिमित हुन् पुगेपछि खेलले रोमाञ्चक मोड लिने क्रममा सुपर ओभरमा गएको थियो ।

अन्तिम ओभरमा पञ्जाबलाई जितको लागि १३ रनको आवस्यक रहेको थियो । ब्याटिङमा मंयाक अग्रवाल र क्रीस जोर्डन रहेका थिए भने बलिङ स्टोइनिसले गरेका थिए । जसमा मंयाकले अन्तिम ओभरको पहिलो बलमा छ्क्का प्रहार गरे । दोस्रो बलमा दुई रन लिदा तेस्रो बलमा चौका प्रहार गरेपछि खेल पञ्जाबतर्फ ढल्किदै थियो । तर स्टोइनिसले राम्रो कमब्याक गर्दै चौथो बल डट फाले भने त्यसपछिका दुई बलमा लगातार विकेट लिएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा दिल्लीले ३ रनको लक्ष्यलाई पूरा गरेको थियो ।

सुपर ओभरअघि टिमलाई जितको धेरै नजिक पुर्याएका ओपनर ब्याट्सम्यान मंयाक अग्रवालले सर्वाधिक ८९ रनको योगदान गरेका थिए । ६० बलको सामना गरेका उनले उक्त रन बनाउँने क्रममा ७ चौका र ४ छ्क्का समेत प्रहार गरे ।

यस्तै टिमका लागि अर्का ओपनर लोकेश राहुलले २१ तथा कृष्णप्पा गौथमले १२ रन र सर्फराज खानले १२ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीकामार्कस स्टोइनिस,कागिसो रबाडा र रविचन्द्रन आश्विनले समान २/२ विकेट हात पारेका थिए भने रोहित शर्मा र एक्सर पटेलले पनि १/१ विकेट चट्काएका थिए ।

त्यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

अघिल्लो संस्करणको प्ले अफसम्म स्थान बनाएको दिल्ली नयाँ सिजनको पहिलो खेलमा सुरुवाती अवस्था देखीनै दबाबमा आएको थियो । उसका लागि सुरुवाती तीन ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेका थिए ।

३.६ ओभरमा टिमको स्कोर १३ रन हुँदा दिल्लीले आफ्नो महत्वपूर्ण तीन विकेट गुमाईसकेको थियो । जसमा अनुभवी ओपनर शिखर धवनले मात्र ५ रन बनाएर आउट हुन् पुगे भने अर्का ओपनर पृथ्वी शाले त खाता खोल्न समेत सकेनन् । यता अर्का टिमको आशाका केन्द्र शिमरोन हेटमायर पनि चल्न सकेनन् । उनि पनि ७ रन बनाएर आउट हुन् पुगेका थिए ।

सुरुवाती अवस्थामानै तीन विकेट गुमाएपछि दबाबमा आएको दिल्लीको पारीलाई कप्तान श्रेयस अय्यर र विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले सम्हाल्ने क्रममा चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर रिषभ पन्त १३.६ ओभरमा टिमको स्कोर ८६ रन हुँदा चौथो विकेटका रुपमा पभेलियन फर्किए । रवि बिश्नोईको बलमा आउट हुन् पुगेका उनले २९ बलको सामना गर्दै ४ चौकाको सहयोगमा ३१ रन बनाएका थिए ।

पन्त आउट भएपछि कप्तान अय्यर पनि ब्यक्तिगत ३९ रनमा आउट हुन् पुग्दा अत्यतिर मार्कस स्टोइनिसले ५३ रन बनाएपछि दिल्लीले सम्मानजनक स्कोरतर्फ अग्रसर भएको थियो ।

बलिङतर्फ पञ्जाबका मोहम्मद शामीले ३ तथा शेल्डन कोटरलले २ र रवि बिश्नोईले १ विकेट लिए ।

अब प्रतियोगितामा सोमवार हैदराबाद र बैंगलोर भिड्ने छन् । यी दुईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबईमा हुनेछ ।