onlinekhelkhabar.com

Complete website for Nepali Sports News

स्टोइनिस चम्किँदा दिल्लीद्वारा पन्जावसामू सम्मानजनक लक्ष्य प्रस्तुत

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गत दोस्रो खेलमा अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जावको सामना गरिरहेको छ ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको छ ।

अघिल्लो संस्करणको प्ले अफसम्म स्थान बनाएको दिल्लीको नयाँ सिजनको पहिलो खेलमा सोचे अनुरुप ब्याटिङ भने चल्न सकेन । उसका लागि सुरुवाती तीन ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे ।

३.६ ओभरमा टिमको स्कोर १३ रन हुँदा दिल्लीले आफ्नो महत्वपूर्ण तीन विकेट गुमाईसकेको थियो । जसमा अनुभवी ओपनर शिखर धवनले मात्र ५ रन बनाएर आउट हुन् पुगे भने अर्का ओपनर पृथ्वी शाले त खाता खोल्न समेत सकेनन् । यता अर्का टिमको आशाका केन्द्र शिमरोन हेटमायर पनि चल्न सकेनन् । उनि पनि ७ रन बनाएर आउट हुन् पुगे ।

सुरुवाती अवस्थामानै तीन विकेट गुमाएपछि दबाबमा आएको दिल्लीको पारीलाई कप्तान श्रेयस अय्यर र विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले सम्हाल्ने क्रममा चौथो विकेटका लागि ७३ रनको साझेदारी हुन् पुगेको थियो ।

तर रिषभ पन्त १३.६ ओभरमा टिमको स्कोर ८६ रन हुँदा चौथो विकेटका रुपमा पभेलियन फर्किए । रवि बिश्नोईको बलमा आउट हुन् पुगेका उनले २९ बलको सामना गर्दै ४ चौकाको सहयोगमा ३१ रन बनाएका थिए ।

पन्त आउट भएपछि कप्तान अय्यर पनि ब्यक्तिगत ३९ रनमा आउट हुन् पुगे । र अत्यतिर मार्कस स्टोइनिसले ५३ रन बनाएपछि दिल्लीले सम्मानजनक स्कोर खडा गर्न सफल भएको छ ।

बलिङतर्फ पन्जावका मोहम्मद शामीले ३ तथा शेल्डन कोटरलले २ र रवि बिश्नोईले १ विकेट लिए ।

अब दिल्लीले प्रस्तुत गरेको १ सय ५८ रनको विजयी चुनौतीलाई पछ्याउँदै पन्जावले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।