नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट कुन्दनलाई ठूलो आर्थिक सहयोग

नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट कुन्दनलाई ठूलो आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेल खबर )। दुबै मिर्गौला फेल भई डायलोसिसको साहारामा रहेका क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतलाई क्यानाडामा अवस्थित नेप्लिज क्यानेडियन क्रिकेट क्लब( एनसीसीसी ) ले ठूलो आर्थिक सहयोग गरेको छ ।

कुन्दनलाई सहयोग गर्ने क्रममा क्लबले नेपालमा कुन्दन सिंह बचाउँ अभियान चलाईरहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत नगद १ लाख २ हजार ६ सय ७८ रुपैयाँ सहयोग गरेको छ ।

क्लबको अध्यक्ष किरोज श्रेष्ठको नेतृत्वमा संकलित सहयोग रकममा क्लबमा आवद्ध सदस्य,खेलाडीहरुले सहयोग गरेका थिए । भने नेप्लेज क्यानेडियन मदेशी कम्युनिटी ,एनआरएनए क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरे,नमस्ते रेडियोका सिईओ अनिल थापा तथा सामाजिक अभियन्ता बासु लम्साल लगायतको साथ र सहयोग रहेको थियो ।

यता अहिले कुन्दन चिकित्सकको सल्लाह अनुरुपनै मिर्गौला दाताको खोजीमा रहेका छन् । यदी दाता मिलेको खण्डमा उनले मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाएका छन् ।

दुबै मिर्गौला फेल भई जिवनसँग संघर्ष गरिरहेका कुन्दनलाई करिब ९ महिनासम्म कसैले सहयोग गरेको थिएन । आर्थिक अभावकै कारण उपचारमा थप कठिनाई आउँन थालेपछी उनि थप चिन्तित थिए । त्यसबीचमा प्रदेश २ क्रिकेट संघले १ लाख सहयोग गर्दा उनलाई केही राहत मिलेको थियो ।

त्यसपछि उनको दुख र कठिनाईलाई मलम लगाउन २० वर्षिय युवा विज्ञान कार्की अगाडी बढे । जसमा उनको मार्गलाई पछ्याउँदै अन्य अभियान्ताहरु पनि जोडिए । त्यसैको फलस्वरुप स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट कुन्दनले राम्रो साथ पाए । जसले गर्दा अहिले कुन्दनलाई ठूलो राहत मिलेको छ ।